कोभिड–१९ को कारण एपल कम्पनीको पूर्वानुमानित आय घट्न सक्ने

कोभिड–१९ को कारण एपल कम्पनीको पूर्वानुमानित आय घट्न सक्ने

बेइजिङः चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण एपल कम्पनीले आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ । उक्त प्रविधि कम्पनीले चीनको हालको परिस्थितीका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने बताएको छ ।

कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्वपूर्ण अमेरिकी कम्पनी हो । यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एपलको पूर्वानुमान थियो । तर कम्पनीले आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण भने दिएको छैन ।

‘मार्च त्रैमासिकका लागि निर्धारित आयको लक्ष्य पूरा हुने अपेक्षा हामी गर्दैनौँ,’ एपलले एक विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पनीका अनुसार सामान्य स्थितिमा फर्किने गति पनि सुस्त छ। चीनका अधिकांश पसलहरू बन्द वा थोरै समय मात्रै सञ्चालन हुने कारण उत्पादनको विक्रीवितरण घट्ने एपलले जनाएको छ ।

आईफोन उत्पादन गर्ने कम्पनीका साझेदारहरू हुबे प्रान्तबाहिर अवस्थित छन् । तर व्यापार अपेक्षा गरेभन्दा सुस्त हुन पुगेको एपलको भनाइ छ । चीनमा भएका सबै स्टोर र धेरै साझेदार स्टोरहरू बन्द छन् । खुलेका स्टोर पनि कम समय सञ्चालन हुन्छन् । 

भाइरसको संक्रमण फैलिएकाले चीनमा यो त्रैमासिकमा स्मार्टफोनको माग घट्न सक्छ । चीन हातमा बोकिने साना विद्युतीय उपकरणको सबैभन्दा ठूलो बजार हो ।

कोरोना भाइरसको संक्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या २ हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनााएका थिए । केही दिनमा यतादेखि यो घटना क्रम जारी रहेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.