महाशिवरात्री : पशुपतिमा फूलै फूलको बहार (फोटो फिचर)
काठमाडौं : महाशिवरात्रीमा पशुपतिनाथ सम्झने बित्तिकै धेरैको ध्यान साधु–सन्त र बाबातर्फ जान्छ । पशुपतिनाथ मन्दिर परिसरमा छिमेकी देश भारतबाट हजारौं जोगी, साधु र सन्यासी मेला भर्न आउँछन् ।तर यो वर्ष पशुपति परिसर साधु सन्तसँगै आकर्षक फूलले सजिएको छ ।
पशुपतिनाथ मन्दिर प्रवेशद्वारदेखि सडक प्रतिक्षालय जताततै फूल सजाइएको छ । पशुपतिको सजावटका लागि एक सय ५० माली पशुपति परिसरमा छन् ।
पशुपतिनाथ मन्दिर परिसर प्रवेश गरे लगत्तै फूलको सजावट देख्न सकिन्छ । फूलका मालाको डिजाइनमा पशुपतिलाई अझै सजाउने काम भइराखेको छ ।







प्रतिक्रिया दिनुहोस !