बाँस्कोटा अडियो प्रकरणबारे प्रचण्डले भने : गल्ती गर्नेलाई छुट हुँदैन

बाँस्कोटा अडियो प्रकरणबारे प्रचण्डले भने : गल्ती गर्नेलाई छुट हुँदैन

नवलपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्। प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने बताएका हुन्। 

'सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा आएको कुराबारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ', अध्यक्ष प्रचण्डले भने, 'अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन्। गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ। म अहिले यति मात्रै भन्न चाहन्छु।'  

अध्यक्ष प्रचण्डले अहिले चर्चामा रहेको एमसीसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले हिजो मात्रै दुबै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए। कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उनले बताए। 'एमसीसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ', उनले भने, 'यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पुर्‍याउनेछ।' 

अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गरे। आउने दशक आम नेपाली युवाहरुलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत उनले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.