ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा मंगलबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । गौमुल गाउँपालिकाका ६ स्थित निलासेनबाट गाउँपालिकाको केन्द्र घट्मुनातर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्रयाक्टर सिमधारा स्थित ग्रामीण कच्ची सडकमा दुर्घटना भएको हो ।
ट्रयाक्टर दुर्घटनामा परी चालक सहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा गौमुल गाउँपालिका ६ का २१ वर्षीय ट्रयाक्टर चालक प्रकाश रोकाया, सोही गाउँपालिका ४ कौणाकोट बस्ने ट्रयाक्टर साहु ४८ वर्षीय तुला बुढा रहेका छन् । त्यस्तै सोही वडाकै १८ वर्षीय अनुप रोकाया, १९ वर्षीया भुवन बुढा, १५ वर्षीया स्मृती सार्की, १५ वर्षीया सुर्मा सार्की, १६ वर्षीया सरिता सार्की, १७ वर्षीया सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षीया दिपक रोकाया रहेका छन् ।
ट्रयाक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने ट्रयाक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्रयाक्टर सडकभन्दा करिब एक सय मिटर तल खसेको छ ।
घाइतेको उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेर गौमुल गाउँपालिलकाका अध्यक्ष हरीबहादुर रोकायाले तदारुक्ता देखाएका छन् । घाइतेको उपचारमा गाउँपालिकाबाट कमी हुन नदिने अध्यक्ष रोकायाले बताए ।
घाइते हुनेमा बढी स्कुले विद्यार्थी रहेको छन् । कक्षा आठको फर्म भर्न फोटो खिच्न गाउँपालिकाको केन्द्र घट्मुना आउने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस !