ढल व्यवस्थित नहुँदा बजार दुर्गन्धित

ढल व्यवस्थित नहुँदा बजार दुर्गन्धित

मुगु : छायाँनाथ रारा नगरपालिका—१ र २मा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्गन्धित बनेको छ। फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन्।

भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानीयको घरभित्र पस्ने गर्छ। ढल निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीले सदरमुकाम दुर्गन्धित बनेको हो। जिल्ला प्रशासन कार्यालयदेखि चैना खोला र अदालत चोकदेखि अगाडिको ढल निकास दुई वर्षदेखि अलपत्र छ। दुईहजार एकसय मिटर ढल निर्माणका लागि भवन डिभिजन कार्यालय जुम्लासँग डाँफे द क्याराभान जेबि कम्पनी काठमाडौले ०७५ पुसमा सम्झौता गरेको थियो।

सो कम्पनीले दुईकरोड १३ लाख ७० हजारमा ढल निकासको ठेक्का पाएको थियो। तर अहिलेसम्म काम सुरू भएको छैन। ढल निकास व्यवस्थित नहुँदा पुरै बजार दुर्गन्धित बनेको व्यवसायी बिष्णुबहादुर मल्ल बताउँछन्। ‘गमगढी बजारबाट मिलन चोक र अदालत चोकसम्म आउजाउ गर्न निकै सकस भइरहेको छ’, उनले भने। सम्झौता भएकै समयमा ठेकेदार पक्षले १० प्रतिशत पेश्की समेत लिएको भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चन्द्र खड्काले बताए।

गमगढी बजारको ढल निकासका लागि आर्थिक वर्ष ०७५/०७६ मा एककरोड ५० लाख रकम विनियोजन भएको थियो। भवन डिभिजन कार्यालयले ढल निर्माणमा चासो नदेखाएपछि सो बजेट नगरपालिकाले अर्कै योजनामा खर्च गरेको छ। ढल व्यवस्थित नहुनु नगरपालिकाको कमजोरी रहेको स्थानीय बताउँछन्। तर नगरप्रमुख हरिजङ्ग शाहीले बजेटको सदुपयोग गर्न भवन डिभिजन र ठेकेदारलाई ताकेता गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.