मेसीपुत्रको फुटबल मोह

मेसीपुत्रको फुटबल मोह

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी यो दशकका प्रतिस्पर्धी खेलाडी हुन्। दुई वर्षअघिसम्म यी दुई खेलाडी स्पेनिस प्रतिद्वन्द्वी क्लब बार्सिलोना र रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्थे। त्यसैले यी दुई खेलाडीबीच सधैँ को उत्कृष्ट भन्ने होड चल्थ्यो। रोनाल्डो रियल छाडेर इटालियन क्लव युभेन्टस गए, मेसी अहिले पनि बार्सिलोनाबाटै खेल्छन्। तर, पनि युरोपेली क्लब फुटबलमा यी दुई खेलाडीको प्रतिस्पर्धा कायम छ।

त्यसैले यी दुई खेलाडी र उनीहरूका परिवार पनि एकअर्कालाई प्रतिस्पर्धी ठान्छन् भन्ने ठान्नुहुन्छ भने तपाईं शतप्रतिशत गलत हुनुहुन्छ। किनकि, मेसीका छोरा थियगो मेसी रोनाल्डोका फ्यान हुन्। र, उनी रोनाल्डोका बारेमा आफ्ना बाबुसँग धेरै जानकारी लिन खोज्छन्। ‘मेरो छोरा थियगो फुटबलप्रति आकर्षित छन्,’ मेसीले भने, ‘उनी मसँग सधैँ रोनाल्डोबारे सोधिरहन्छन्।’

त्यसो त थियगोले रोनाल्डोका बारेमा मात्र सोध्ने होइनन्। उनले बार्सिलोनाकै स्टारहरू लुइस स्वारेज, एन्टोनी ग्रिजम्यान, आर्टुरो भिडालका साथै केलिन एम्बाप्पे र नेइमारका बारेमा पनि मेसीलाई सोध्छन्। तर, धेरै प्रश्न रोनाल्डोकै बारेमा हुन्छन्।

स्वारेज र ग्रिजम्यानसँग थियगोको भेट पनि हुने गरेको छ। यो भेटमा उनी स्वारेजसँग खुलेर कुराकानी गर्छन्। पहिलो भेटमा नै भिडालको भालेको सिउरजस्तो कपाल देखेर थियगो उनीसँग प्रभावित भएको मेसीले जानकारी दिए।
‘थियगो फुटबलमा निकै रुचि राख्छन् र फुटबल खेलाडीको बारेमा जानकारी लिन मन पराउँछन्’, मेसीले थपे, ‘भविष्यमा फुटबलर बन्ने र बार्सिलोनाबाट खेल्ने बताउँछन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.