कोरोना प्रभाव : सम्मेलन स्थगित, मेला महोत्सवमा प्रतिबन्ध

कोरोना प्रभाव : सम्मेलन स्थगित, मेला महोत्सवमा प्रतिबन्ध

बुटवल/भैरहवा : कोरोना भाइरसको बढ्दो त्रासले प्रदेश ५ को अर्थ, पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ। मुख्य पर्यटकीय क्षेत्रमा चहल पहल ह्वात्तै घट्नुका साथै भन्सारको निर्यात, आयातमा प्रभाव परेको छ।

भारतमा कोराना संक्रमित बिरामी भेटिन थालेपछि सीमावर्ती क्षेत्रमा त्रास बढेको छ। प्रदेश आफैंले तय गरेको लगानी सम्मेलन स्थगित भएको छ। सोमबारको प्रदेश मन्त्रीपरिषद् बैठकले सम्मेलन स्थगित गर्दै प्रदेशभर मेला महोत्सव गर्न समेत रोक लगाएको छ।

प्रदेशले आगामी बैशाख ४ र ५ का लागि लगानी सम्मेलन तय गरेको थियो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले भने, ‘१२ वटै जिल्लामा मेला महोत्सव स्थगित गर्न प्रमूख जिल्ला अधिकारीमार्फत निर्देशन पठाइएको छ, लगानी सम्मेलनसमेत स्थगित गरिएको छ।’ कोराना त्रास फैलिएपछि स्थलमार्गबाट आउने पर्यटकको संख्यामा कमी आएको छ। होटल बुकिङ धमाधम रद्ध भइरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा बढी पर्यटक स्थलमार्ग हुँदै भैरहवा नाकाबाट भित्रिन्छन्। अध्यागमन कार्यालय बेलहियाका अनुसार गत वर्ष २०१९ को फेब्रुअरीमा २५ हजार चार सय ५९ पर्यटक भित्रिएका थिए। यो नाकाबाट यस वर्षको फेब्रुअरीमा २३ हजार एक सय ७९ पर्यटक मात्र आएका छन्। यसमा भारतीय पर्यटकको तथ्यांक समावेश छैन।

भैरहवा नाकाबाट सबैभन्दा बढी भित्रिने पर्यटकमध्ये श्रीलंकन पर्यटकको संख्या जनवरी महिनाबाट घट्दै गएको छ। गत वर्षको फेबु्रअरीको तुलनामा यो वर्षको फेब्रुअरीमा श्रीलंका, चीन, जापान, उत्तरकोरिया, भियतनाम लगायतका मुलुकका पर्यटकको संख्यामा कमी आएको छ।

चालु वर्षको फेब्रुअरीमा सबैभन्दा बढी म्यान्मारबाट ६ हजार सात सय ६२, थाइल्यान्डबाट सात हजार ९४, श्रीलंकाबाट चार हजार एक सय ७१, भियतनामबाट ९ सय ७९, कम्बोडियाका ६ सय ५१, दक्षिण कोरियाका ३ सय ३८, जापानका ३ सय ४४ पर्यटक आएका छन्। यो नाकाबाट एक सय २० मुलुकका पर्यटक भित्रिएका अध्यागमन कार्यालय भैरहवाका प्रमूख गिरिराज खनालले बताए।

यस्तै फेब्ररी महिनामा यस नाकाबाट एक सय ७२ जना मात्र चिनियाँ पर्यटक भित्रिएका छन्। गत वर्ष यसै महिनामा ७ सय ३१ जना चिनियाँ पर्यटकहरु आएका थिए। पर्यटकको संख्या घट्न थालेपछि यहाँका होटल व्यावसायी चिन्तित हुन थालेका छन्। यसअघि चिनियाँ पर्यटकको आगमनमा कमी आएपनि अहिले अन्य मुलुकका पर्यटकको संख्या पनि घट्न थालेको सिद्धार्थ होटल संघ नेपाल (सान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए।

उनले भने, ‘कोरानाले पर्यटन क्षेत्रमा नराम्रो असर पारेको छ, ‘अब भारतीय पर्यटक आकर्षित गर्ने प्याकेज ल्याउन आवश्यक छ।’ बेलहिया नाकाबाट भित्रिने भारतीय पर्यटकको यकिन तथ्यांक नभएपनि लुम्बिनीमा वार्षिक २ लाख भारतीयले भ्रमण गर्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.