भैरहवामा आयात र असुली घट्यो

भैरहवामा आयात र असुली घट्यो

भैरहवा : भैरहवा भन्सारबाट विभिन्न वस्तुको आयातमा कमी हुदाँ राजश्व संकलनमा कमी आएको छ। धेरै राजस्व संकलन हुने विभिन्न ३० वस्तु गत वर्षको तुलनामा चालु वर्षमा कम आयात हुँदा राजस्व संकलनमा कमी आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। वस्तु आयातको कमीसँगै खुला सीमाबाट हुने अवैध चोरी पैठारी पनि राजस्व संकलन प्रभावित हुनुमा एक कारण हो।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार गत वर्ष तुलानामा ०७५/०७६ को सात महिनामा छडको कच्चा पदार्थ एमएस ब्लेड, पूर्वाधार निर्माण उत्पादन गर्ने उद्योगका कच्चा सामग्री, हाई स्पिड डिजल, एलपी ग्यास, बस, ट्रक, ट्रयाकटर सिंगल क्याब जिपलगायत वस्तुको कम आयात भएको छ।

मुख्य ३० वस्तुको आयातमा कमी आउँदा ५ अर्ब ३२ करोड ८८ लाख ८१ हजार रुपैयाँ राजस्व कम असुली भएको उनले बताए। उनका अनुसार सबैभन्दा बढी छडको कच्चा पदार्थ एमएस ब्लेडको मात्र आयात कम हँुदा एक अर्ब १३ करोड २४ लाख ४७ हजार रुपैया राजस्व एउटै वस्तुका कारण कम भएको छ।

एमएस ब्लेडसहित मुख्य रूपमा क्लिंकर, बस, ट्रकका चेसिस, अल्किड रेजिन, नुहाउने साबुन, सुपारी, स्टिल वायर रड, लोडर स्काभेटरलगायत वस्तुको आयात घटदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको उनले बताए।

भैरहवा भन्सार कार्यालयले ०७६/७७ का लागि एक खर्ब ६ अर्ब ८८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ। जसमध्ये चालु वर्षको सात महिनामा ४९ प्रतिशत ४५ प्रतिशत अर्थात ५२ अर्ब ४२ करोड ८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए।

गत सात महिनामा मोटरसाइकल, माइक्रोबस, डबल क्याब पिक अप जिप, एचआर सिट, मिनिबस, अलकत्रा, हल्का पेय पदार्थका कन्सलगायत आयात गत वर्षको तुलनामा वृद्धि भएको छ।

स्टिल उद्योगबाट उत्पादन हुने छडको खपत घटदै गएपछि एमएस ब्लेड आयात घटेको छ। विकास निर्माणका क्रम साँघुरिँदा छड खपत कम भएको सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा एभरेस्ट रोलिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताए।

बस, ट्रक, जिप, कारको बिक्री पनि कमी छ। बैंकिङ नीतिले यो व्यवसाय प्रभावित बनेको छ। त्यस्तै सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकर स्वदेशमै पर्याप्त उत्पादन हुन थालेपछि यसको आयातमा पनि धेरै कमी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.