हतकडीसहित फरार !

हतकडीसहित फरार !

राजविराज : प्रहरीले नियन्त्रणमा लिएका एक युवक आइतबार बिहान हतकडीसहित फरार भएका छन् ।

मादक पदार्थ सेवन गरेर आत्महत्या गर्न लागेका बोदे बरसाईन नगरपालिका वडा नम्बर ८ रजापट्टीका ३० वर्षीय महेश यादवलाई आइतबार बिहानै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यादवले आत्महत्याको प्रयासका साथै पत्नीलाई कुटपिट गर्न थालेपछि स्थानीयले प्रहरीलाई दिएको सूचनाका आधारमा बिहान पौने २ बजेतिर उनलाई नियन्त्रणमा लिएर प्रहरी चौकी काचनमा राखिएको थियो ।

हिरासतमा राखेको केही मिनेटमै हतकडीसहित यादव फरार भएको चौकीका इन्चार्ज विजयप्रसाद सिंहले जानकारी दिए । फरार यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फरार यादवका वुवा सबुरलाल यादवले केही व्यक्तिहरुसँग मिलेर छोरालाई गायब गरेको प्रहरीमाथि आरोप लगाएका छन् । उनले छोरालाई नियन्त्रणमा लिएसँगै कुटपिट गर्दै लगिएकोले प्रहरीको मनसाय नै गलत देखिएको आशंका व्यक्त गर्दै छोरालाई घर ल्याइदिन आग्रह समेत गरे ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.