फरक क्षमता भएकाको फेसन सो

फरक क्षमता भएकाको फेसन सो

पोखरा : मोडलिङमा सवलांग युवतीहरूले र्‍याम्प नापेको त देखिँदै आएको हो। विभिन्न डिजाइनका पोसाकमा क्याटवाक गर्नु कुनै नयाँ कुरो भएन। तर पोखरामा आइतबार साँझ भने फरक दृश्य देखियो। फरक क्षमताका युवतीहरू पनि सवलांगसरह नै र्‍याम्पमा उत्रिए।

कान नसुनेर के भो त। दर्शकको हौसला भरिएको दुई हातले ताली बजाएको देखेर नै युवतीहरूले आकर्षक पोसाकमा क्याटवाक गरे। यति मात्र होइन, ह्विल चियरको सहारामा पनि युवती आकर्षक पोसाकमा दर्शक सामुन्ने र्‍याम्पमा उत्रिए।

पोखराको लेखनाथस्थित सिर्जना बहिरा माविमा कक्षा ११ मा अध्ययनरत कान नसुन्ने नवीना खड्काले दर्शकको तालीको तालमा र्‍याम्पमा क्याटवाक गरिन्। टीभीमा फेसन सो हेरेकी खड्काले पहिलो पटक प्रत्यक्ष हेर्ने मात्र होइन, आफैं र्‍याम्पमा आकर्षक डिजाइनका पोसाकमा क्याटवाक गर्न पाउँदा हामी पनि अवसर पाए गर्न सक्छौ भन्ने प्रमाणित गरेको सुनाइन्। यो प्रेरणाले भविष्यमा फेसन डिजाइन क्षेत्रमै केही गर्ने सोच आएको पनि उनले बताइन्।

म्याग्दीकी १९ वर्षीया दृष्टिविहीन ऋतु पौडेल सेतो छडीको सहारामा र्‍याम्पमा उत्रिन्। पृथ्वीनारायण क्याम्पसमा बीएड अध्ययनरत पौडेलले पनि पहिलो पटक यस्तो कार्यक्रममा प्रत्यक्ष सहभागी भएको बताइन्। काठमाडांैको चामुण्डा माविमा कक्षा ११ मा अध्ययनरत रूपा पहाडी ह्विल चियरमा आकर्षक पोसाकमा सजिएर र्‍याम्पमा उत्रेकी थिइन्। दर्शकको गडगडाहट तालीबाट उनी निकै हौसिएकी थिइन्।

फरक क्षमता भएका दिदीबहिनीको प्रतिभा प्रस्फुटन गर्न र हौसला दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फेसन सो आयोजना गरिएको इन्टरनेसनल मोडर्न फेसन कलेज पोखराका सञ्चालक सरस्वती गुरुङले जनाइन्। यस्तो कार्यक्रम ६ वर्षअघि पनि गरिएको र अबदेखि हरेक वर्ष निरन्तर गरिने उनले बताइन्।

नेपाल अपांग महिला संघ कास्कीको सहायतार्थ कार्यक्रम भएको हो। कार्यक्रममा भएको खर्च कटाएर बाँकी रकम सहयोग दिइनेछ। फेसन सोमा १३ जना फरक क्षमता भएका युवती सहभागी थिए। त्यस्तै नौजना बालबालिका र ६० जना विद्यार्थीले आआफ्ना डिजाइनमा र्‍याम्पमा क्याटवाक गरेका थिए। फरक क्षमता भएका युवतीहरूले लगाएका पहिरनको डिजाइन पनि सोही कलेजका विद्यार्थीले गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.