रातमा प्रहरीलाई 'ब्लफकल' : जिस्काएर हैरान

रातमा प्रहरीलाई 'ब्लफकल' : जिस्काएर हैरान

डडेल्धुरा : प्रहरीलाई १०० नम्बरमा आउने फोनले हैरान बनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा दैनिक आउने ब्लफकलले हैरान बनाएको हो।

अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन्। कन्ट्रोल कक्षका प्रहरी मात्रै नभई कार्यालय प्रमुखदेखि अन्यलाई समेत दु:ख दिएकाले आवश्यकबिना फोन नगर्न प्रहरीले एक सूचना प्रकाशन गर्न वाध्य बनाएको छ।

दैनिक करिब ४० र ५० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ब्लफकल बिशेष गरेर मध्ये रातको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। राती आउने फोनले सुरक्षा प्रदान गर्नसमेत चुनौती थपेको उनको भनाई छ।

‘ब्लफकल गर्नेहरुमा महिला, पुरुष तथा बालबालिका रहेको भएपनि महिलाको संख्या बढिरहेको छ।’ उनले भने, ‘गलत सूचना दिने, जथाभावि गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राख्ने जस्ता कार्यले डडेल्धुरा प्रहरीलाई हैरान बनाएको हो।

साथै गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाईन (१००) नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्ने जस्ता अमर्यादित तथा गैर कानुनी कार्य गरेमा कानुन बमोजिम कारबाही अगाढी बढाउने प्रहरी नायव उपरीक्षक न्यौपानेले एक सूचना प्रकाशित गरि चेतावनी दिएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.