रौतहट भित्रिएका ५ हजारको स्क्रिनिङ

रौतहट भित्रिएका ५ हजारको स्क्रिनिङ

गौर : भारतबाट नेपाल प्रवेश गरेका ५ हजारभन्दा बढीको स्वास्थ्य स्क्रिनिङ गरिएको छ। कोरोना भित्रने त्रासले रौतहटका बासिन्दा पनि चिन्तित छन्। भारतले बैरगनियाँ नाकामा पनि हेल्प डेस्क राखेको छ।

रौतहटको गौर नगरपालिकाको भन्सार क्षेत्र र बौधिमाई नगरपालिकाको बंकुल नाकाबाट बिहीबार दिउँसोसम्म नेपाल प्रवेश गरेका ५ हजार ३ सय जनाको परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। कोरोनाले विश्वव्यापी प्रभाव परेका बेला रौतहटवासीलाई भीडभाड एवं मेलामा नजान र सावधानीपूर्वक रहनसमेत अनुरोध गरेको रौतहटका सीडीओ वासुदेव घिमिरेले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालयअन्तर्गतका सबै एकाइले गाउँगाउँमा सम्बन्धित निकायको समन्वयमा सचेतनाका कार्यक्रम आयोजना गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताएका छन्। सुरक्षा निकायका पदाधिकारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहितको बसेको बैठकले कोरोनाबाट जोगिन विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

हाटबजार, मेलापर्व, भेला, सभा, कन्सर्टलगायत भीडभाड हुने ठाउँमा नजान र त्यस्ता कार्यक्रमसमेत नगर्न अनुरोध गरिएको छ। स्वास्थ्यकर्मीले गौर र बंकल नाकामा नेपाल भित्रने मानिसको दैनिक १६ घण्टा जाँच गरिरहेका छन्। ३ वटा टोलीले नाकामा जाँच भैरहेको छ। दुवै नाकामा एम्बुलेन्ससहितको डेस्क राखिएको छ। सञ्चारमाध्यमबाट सूचना प्रसारण, टोलटोलमा सचेतना कार्यक्रम गर्दै आएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए। चस्मा, मास्क, पन्जा प्रयोग गर्न, हात नमिलाउन, साबुनपानीले नियमित हातधुन र व्यक्तिगत सरसफाइमा ध्यान दिन स्वास्थकर्मीले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.