स्याललाई हानेको गोली आफैंलाई लागेपछि...

स्याललाई हानेको गोली आफैंलाई लागेपछि...

दैलेख : स्याल लखेट्न पड्काएको बन्दुकको गोली आफैंलाई लागेर दैलेखमा एक युवक घाइते भएका छन् । जिल्लाको नौमूले गाउँपालिका २ बस्ने बिर्खबहादुर शाही घाइते भएका हुन् । 

बाख्रा चराउन जंगल गएका बेला स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि शाहीले स्याल लखेट्न पड्काएको बन्दुक आफैंलाई लागेको प्रहरीले जनाएको छ ।
 

उनको खुट्टा र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख नैनबहादुर साँवदले जानकारी दिए । 

घाइते युवक शाहीलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याइएको थियो । दैलेखमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको निमित्त प्रमुख साँवदले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान थालेको उनले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.