विषालु मदिरा पिउँदा मृत्यु हुनेको परिवारलाई ३-३ लाख राहत
धनुषा : धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले तीन–तीन लाख राहत प्रदान गर्ने भएको छ ।
मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैयामा सोमाबर बिहान पीडित परिवारलाई संवेदना प्रकट गर्दै राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी दिए।
मुख्यमन्त्री राउतका साथै रम्दैया पुगेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो बैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताए।
रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ जनाको परिवारलाई आइतबार सांसद रघुवीर महासेठले काजकिरिया खर्चका लागि २० हजार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !