एसईई परीक्षा : तीन महिला केन्द्राध्यक्ष, २४ परीक्षा केन्द्र, ५ हजार ५ सय १८ परीक्षार्थी

एसईई परीक्षा : तीन महिला केन्द्राध्यक्ष, २४ परीक्षा केन्द्र, ५ हजार ५ सय १८ परीक्षार्थी

दैलेख : बिहीबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) का लागि दैलेखमा तीनजना महिला केन्द्राध्यक्ष नियुक्त भएका छन् । नियमित तर्फका २२ र ग्रेडवृद्धि तर्फका २ वटा गरी कुल २४ परीक्षा केन्द्र मध्ये तीनवटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाइ प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

महाबु गाउँपालिकाको गैडावाज मावी परीक्षा केन्द्रमा सरिता गुरुङ्ग, नारायण नगरपालिका स्थित त्रिभुवन मावी परीक्षा केन्द्रमा देवी बुढा र सरस्वती मावीमा पार्वती पोखरेललाई केन्द्राध्यक्षमा नियुक्त गरिएको इकाइ प्रमुख थापाले जनाए । 'परीक्षाको सम्पूर्ण तयारी पुरा भइसकेको छ, इकाइ प्रमुख थापाले भने, 'सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ ।'
 

केन्द्राध्यक्षलाई अभिमुखिकरण गरी केन्द्रमा पठाएको उनले बताए । यस वर्षको एसईई परीक्षामा दैलेखबाट ५ हजार ५ सय १८ जना परीक्षार्थी सामेल हुँदैछन् ।

नियमित साधारण तर्फका ४ हजार ६ सय ३, प्राविधिक तर्फका ९१ र ग्रेड वृद्धि तर्फका ८ सय २४ जना परीक्षार्थी परिक्षामा सामेल हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । ग्रेडवृद्धि तर्फ दुई मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा ३ सय ३८ छात्र र ४ सय ८६ गरी ८ सय २४ जना परीक्षार्थी परीक्षामा सहभागि हुनेछन् । यस्तै प्राविधिक विषय तर्फ ५५ छात्र र ३६ छात्रा गरी ९१ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । बसन्त मावी किमुगाउँमा प्राविधिक तर्फका विद्यार्थी रहेको इकाइले जनाएको छ । 

दैलेखमा ७५ प्रतिशत हाजिरी नपुगेकै कारणले परीक्षा दिनबाट बञ्चित हुने विद्यार्थी नभएको इकाइ प्रमुख थापाले जनाएका छन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, प्रहरी र सहायक कर्मचारी र विद्यालय सहयोगी गरी झण्डै ८ सय ६७ कर्मचारी खटिनेछन् ।'स्थानीय तहसँग समन्वय गरी परीक्षा केन्द्रमा कोरोना भाइरस रोकथामका लागि हेल्थ डेक्स स्थापनाको तयारी भइरहेको छ,' इकाइ प्रमुख थापाले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.