'डिजेल र पेट्रोल आयात घटेको छैन'

'डिजेल र पेट्रोल आयात घटेको छैन'

वीरगन्ज : केरोना भाइरसको त्रास बढिरहेका बेला केही दिनदेखि नेपाली बजारमा पेट्रोल, डिजेल र ग्यासको अभाव देखिएको छ । तर नेपाल आयल निगमले भने माग र खपतको अनुपातमै भारतबाट इन्धनको आयात भइरहेको जनाएको छ । 
 
विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखीममा नेपाललाई पनि राखेपछि त्यसैको अनुचित फाइदा उठाउन व्यपारीले बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना गरेका छन् । केहि दिन यता पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिँदै छ । ग्यास पनि नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर र पसल चहार्दै हिँडिरहेका छन् । 

 
तर नेपाल आयल निगम भने माग र खपतको अनुपातमै भारतबाट डिजेल, पेट्रोल र ग्याँसको सहज आयात भइरहेको बताउँछ । निगमका अनुसार गत फागुन २५ देखि चैत ३ सम्म ९ दिनको अवधीमा मात्रै भारतबाट वीरगन्ज नाका हुँदै १ करोड ८८ लाख ३६ हजार लिटर पेट्रोल नेपाल भित्रिएको छ ।

९ दिनकै अवधीमा ४ करोड ५ लाख ४ हजार लिटर डिजेल वीरगन्ज नाका हुँदै आयात भएको छ । पछिल्लो ९ दिनको अवधीमा ८४ लाख ९५ हजार ४ सय ५० केजी एलपी ग्याँस पनि वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको आयल निगमले जनाएको छ ।

वीरगन्जमा रहेको नेपाल आयल निगम शाखाका प्रमुख रामकुमार न्यौपानेका अनुसार, फागुन २५ देखि चैत ३ सम्म ९ दिनको अवधीमा वीरगन्ज नाका हुँदै ५ सय १५ टयाङकर पेट्रोल, ८ सय ३१ टयाङकर डिजेल र ४ सय ७७ बुलेट ग्यास नेपाल भित्रिएको हो । 
 
नेपालमा कुल खपत हुने इन्धनको ७० प्रतिशत इन्धन वीरगन्ज नाका हुँदै भारतबाट आयात हुने गरेको छ । आयल निगम वीरगन्ज शाखाका प्रमुख न्यौपानेले कोरोना संक्रमणले भारतबाट इन्धनको आयातमा अहिलेसम्म कुनै असर नपरेको बताए । 

'सामान्यता वीरगन्ज नाका हुँदै दैनिक औसतमा पेट्रोल र डिजेल गरी १२० ट्याङकर आयात हुने गरेको छ', उनले भने, ‘अहिले कोरोना संक्रमणको त्रास बढेका बेला पनि त्यहि परिमाणमा ती दुवै इन्धन आयात भइरहेकै छ, कुनै अवरोध र असर परेको छैन । '

यस्तै खाना पकाउने एलपी ग्याँस पनि साविककै परिमाणमा दैनिक ५० देखि ५५ बुलेट वीरगन्ज नाकाबाट आयात भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.