दुर्घटनामा तरुण दलका अध्यक्ष घाइते, श्रीमतीको मृत्यु
बझाङ : मोटरसाइकल दुर्घटनामा बझाङका तरुण दलका अध्यक्ष विष्णु ऐडीकी श्रीमती ३० वर्षकी उजेली ऐडीको मृत्यु भएको छ। उनका तीन वर्षका छोरा र विष्णु ऐडी घाइते भएका छन्।
बिहीबार धनगढीबाट बझाड घर जान लागेका विष्णुको भे.न.प. ६७८१ नम्बरको मोटरसाइकल साँझ घर पुग्ने बेला छविसपाथीभेरा गाउँपालिका-५ को खोलागाड भन्ने स्थानमा दुर्घटना भएको हो। विष्णुको घर पनि सोहि गाउँपालिका कडेलमा पर्छ।
उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। विष्णु र उनको छोराको अहिले जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। दुबैको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरिक्षक गणेश बम्मले बताए।
प्रतिक्रिया दिनुहोस !