कोरोना त्रास : भारतबाट नेपाल फर्किनेको लर्को (फोटो फिचर)

कोरोना त्रास : भारतबाट नेपाल फर्किनेको लर्को (फोटो फिचर)

धनगढी : डडेलधुराको अमरगढी नगरपालिकाका  विष्णुराज भट्ट भारतको मुम्बईको एक होटलमा काम गर्छन्। एकवर्षदेखि घर नआएका उनी, कोरोनाका कारण विदा लिएर घर आएका छन्। कैलालीको गौरीफन्टा सीमानामा भेटिएका उनले भने, ‘मुम्बईमा संक्रमण बढिरहेको छ, डर लाग्यो, आफ्नो देशमा कोरोना छैन, त्यसैले विदा मागेर फर्केको।’ उनले कोरोनाको संक्रमण घटेपछि मात्रै भारत जाने बताए।
 
कञ्चनपुरको पुर्नवास नगरपालिका आईबीआरडी गाउँकी सुखमाया विक भारतको राजधानी दिल्लीमा काम गर्छिन। उनीसँगै रहेकी छोरीसहित दुबैजना शुक्रबार स्वदेश फर्केका छन्। ‘कोरोनाको डरले घर आयौँ’, उनले भनिन्। घरमा मान्छेले आउन भनेपछि काम छोडेर आएको उनको भनाइ छ। 

कैलालीको गोदावरी ९ का गणेश बोहरा पनि भारतको कर्नाटकबाट शुक्रबार घर फर्केका छन्। डोटीको बोगटानका वीरेन्द्र चन्द पनि आफ्नो दुई महिनाको तलब छोडेर नै भारतबाट घर फर्किएका छन्।

कोरोनाका कारण, भारतमा होटल रेष्टुरेन्ट, उद्योग कल कारखाना र भिडभाड हुने स्थानहरु बन्द गरिएपछि त्यहाँ कामका लागि गएका लाखौं नेपालीहरु बेरोजगार भएर, घर फर्किन थालेका हुन। सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाका र गड्डाचौकी नाकामा दैनिक २५ सय भन्दा बढी नेपालीहरु भारतबाट घर फर्किरहेका छन्।
सीमा नाकामा कोरोना जाँचमा खटिएका सिनियर अहेब लक्ष्मीराज उपाध्यायका अनुसार पछिल्लो पाँच दिनमा मात्रै गौरीफन्टा नाकाबाट १७ हजार नेपाली घर फर्किएका छन्। 

शुक्रबारसम्म भारतका १४ भन्दा बढी प्रदेशमा कोरोनाका बिरामी फेला परिसकेका छन्। नेपालमा कोरोनाका बिरामी नभेटिएकाले उनीहरु, सुरक्षित हुन पनि नेपाल फर्किन थालेका हुन्। 

स्वदेश फर्किने नेपालीको चाप बढेको शसस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी कमलप्रसाद तिउसिनाले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.