बन्द धागो कारखानामा सय बेडको आइसोलेसन अस्पताल

बन्द धागो कारखानामा सय बेडको आइसोलेसन अस्पताल

बुटवल : बुटवलमा बन्द अवस्थामा रहेको धागो कारखानामा आइसोलेसन अस्पताल निर्माण थालिएएको छ। कोरोना संक्रमण भएमा बिरामीको उपचारका लागि अस्पताल निर्माण थालिएको हो। यो एक सय बेडको हुनेछ।

बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको समन्वयमा अस्पताल बनाइरहेको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए। बुटवलका सरकारी तथा निजी अस्पतालमा केही आइसोलेसन बेड तयार भएका छन्।

लामो समयदेखि बन्द कारखानाको एउटा ब्लकमा अस्पताल बनाइनेछ। त्यसका लागि रंगरोगन र सरसफाईको काम भइरहेको प्रमुख सुवेदीले बताए। अस्पतालका लागि अस्थायी शौचालय निर्माण गरिएका छन्। उपमहानगरले क्वारेन्टाइनका लागि विद्यालयहरुलाई प्रयोग गर्ने तयारी गरेको छ। त्यसका लागि करिब सय कोठा तयार पारिएका छन्।

प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालका फोकलपर्शन र विशेषज्ञलाईसमेत निरीक्षण गराएर आइसोलेसन तयार पार्न लागिएको बताए। अस्पतालका बेडका अतिरिक्त उपमहानगरले बनाउन लागेको अर्को अलग्गै र अस्थायी अस्पताल हो। बुटवलमा हाल आइसोलेसनका लागि ३४ बेड तयारी अवस्थामा रहेको प्रदेशका स्वास्थ निर्देशक डा. विनोद गिरीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.