सप्तरीमा ‘लकडाउन’ उल्लंघन भएपछि सेना परिचालन
राजविराज : कोरोना भाइरसको रोकथामका लागि सरकारले ‘लकडाउन’ गराएको मंगलबार पहिलो दिन ।
तर, सप्तरीका अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन भएपछि सेना परिचालन भएको छ । सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेनाले जमघट र भीड हटाउँदै पसलहरु बन्द गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको ठाकुरले जानकारी दिए । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !