अमेरिकामा तीन नेपाली कोभिड–१९ बाट संक्रमित, एक गम्भीर

अमेरिकामा तीन नेपाली कोभिड–१९ बाट संक्रमित, एक गम्भीर

अमेरिका : नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुने गैरआवासीय नेपालीको संख्या अमेरिकामा बढिरहेको छ। हालसम्म एक नेपालीले ज्यान गुमाइसकेका छन्। हाल अन्य तीन नेपाली संक्रमित रहेका पुष्टि भएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको खबर छ। 

तीनै जनालाई न्यूयोर्कको कुइन्सस्थित एल्मष्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ। संक्रमण पुष्टि भएकाहरु ६०, ४७ र २२ बर्षका रहेको जानकारी छ।  गम्भीर बिरामी मध्ये एकसोमबार राती ज्यान गुमाउने अनिल लिम्बुका छोरा हुन्। मृतक लिम्बुका अन्य परिवारका सदस्यमा समेत कोरोनाको संक्रमण देखिएको छ। 

मंगलबार साँझ प्राप्त जानकारी अनुसार अर्का एक ६० वर्षीय एक नेपालीलाई समेत केही दिनदेखि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ। पुष्टि भएका मध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक श्रोतका अनुसार उनलाई उच्च ज्वरो आएपछि अस्पताल पु¥याइएको थियो। 

अमेरिकामा पछिल्लो आँकडा अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या करिब ५५ हजार पुगेको छ। ७८० जनाले ज्यान गुमाएका छन्।

त्यसमध्ये न्यूयोर्क राज्यमामात्रै संक्रमितहरुको संख्या २५ हजार नाँधेको छ। यस्तै न्यूयोर्कमा कोरोनाको संक्रमणबाट ज्यानगुमाउनेहरुको संख्या २,७१ पुगेको छ। अमेरिकाकाअन्य राज्यहरु भन्दान्यूयोर्कमा दिनहुँ संक्रमिततथाज्यानगुमाउनेहरुको संख्याप्रत्येक दिनबढ्दो छ। 

विश्वभरको रेकर्ड अनुसार अमेरिका संक्रमणको आधारमा अहिले तेश्रो स्थानमा छ। विश्व स्वास्थ्य संगठन लगायतका आधिकारिक निकायको तथ्याङ्क हेर्दा अमेरिकामा निको हुने संक्रमितको संख्या न्यून देखिएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.