कतार एयरवेजबाट आएका थप ५ जना क्वारेन्टाइनमा

कतार एयरवेजबाट आएका थप ५ जना क्वारेन्टाइनमा

महोत्तरी : गत शुक्रबार (चैत–७ ) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका ५ जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । 

अन्य ६ जनाको खोजी भइरहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य  छ । सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव्र रुपमा थालिएको हो ।

यसैबीच  बाहिरबाट घर फर्केकालाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शैय्या तयार भएको प्रजिअ खत्रीको भनाइ छ । जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भइरहेका छन् । यसअघि भारतको कोलकाताबाट फर्केका पाँचजना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् ।

जिल्लाका ११ भारतीय सीमा नाका गत आइतबार नै बन्द गरिएका छन् । त्यसै गरी बजार पनि बन्द गरिएका छन् । सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ । यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.