प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
![प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित](https://annapurnapost.prixacdn.net/media/albums/sansad-butawol_20200326103426_fZi1WqrULJ.jpg)
बुटवल : ५ नम्बर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेशसभाको चैत ५ गते बसेको बैठकले चैत १६ गतेका लागि बोलाइएको थियो । प्रदेशसभाले बिहीबार सूचना जारी गरी अनिश्चितकालका लागि बैठक स्थगित गरेको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।
कोरोना संक्रमणको त्राससँगै प्रदेशमा समितिका बैठक समेत हुन सकेका छैनन । प्रदेशसभामा आधा दर्जन विधेयक छलफलकै चरणमा रहेका छन् ।
राहत कोषमा तलब
प्रदेशसभाका सभामुख उपसभामुख एवं सांसदले प्रदेश सरकारले स्थापना गरेको कोषमा तलब जम्मा गर्ने निर्णय गरेका छन् । सभामुख र उपसभामुखले एक महिनाको तलब कोषमा जम्मा गर्ने बताएका छन् । सांसदले १५ दिनको तलब कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । प्रदेशमा ८७ सांसद रहेका छन् । प्रदेश सरकारले कोरोनाको रोकथाम, उपचार र राहतका लागि १० करोडको कोष बनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)