सहरमा त्रास, गाउँमा अन्योल

सहरमा त्रास, गाउँमा अन्योल

ओखलढुंगा : काठमाडौंमा कक्षा १२ पढ्दै गरेका सिद्धिचरण नगरपालिका १२ का अर्जुन शाक्य चैत १० गते राति २ बजे घर आइपुगे। उनी कोरोना संक्रमणबाट जोगिन घर आएका हुन्। ‘परिवारले नआउन भने पनि आएको हुँ, घर आएपछि ढुक्क छु’, उनले भने।

साथीसंगी भेटघाट र अनेक हल्लाका कारण सहरमा त्रास बढेको उनले बताए। संक्रमण भइहाले गाउँमा उपचार नहुने भए पनि संक्रमणको डर घरगाउँमा नभएको उनको बुझाइ छ। लिखु गाउँपालिका ९ का प्रदिप लामा पाँच दिन पहिले नै गाउँ फर्किए। उनले सहरमा कोरोनाको त्रासले गाउँ रोजेको बताए। घरमा परिवारसँग आरामले बस्ने पाइने र डर त्रास नहुने उनको पनि बुझाइ छ। गाउँमा उपचार नहुने भए पनि संक्रमणको डर कम र दैनिक त्रासदीमा बस्न नपर्ने लामाको भनाइ छ। शाक्य र लामा दुई प्रतिनिधि पात्र मात्रै हुन्। रोजगारी र अध्ययनका लागि सहर पसेका हजारौं व्यत्तिाm कोरोनाको त्रासले गाउँ फर्किएका छन्।

सहरमा सुविधा सम्पन्न अस्पताल, स्वास्थ्यकर्मी र औषधि उपचार सहज भए पनि उनीहरु त्रासकै कारण गाउँ सुरक्षित ठानेर घर फर्किएको बताउँछन्। ‘औषधि उपचार नहुने ठाउँलाई नै आफन्तको सहाराका लागि मान्छेले सुरक्षित महसुस गरेको सामाजिक अभियान्ता बोधनारायण श्रेष्ठ बताउँछन्। श्रेष्ठले सहर र विदेशबाट फर्किएका व्यत्तिाmलाई परिवार र समाजको सुरक्षाका लागि पनि स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए।

गाउँलेलाई सहरिया आफन्तको त्रास

कोरोनाको संक्रमण देखिएपछि सरकारले देश नै लकडाउन गरे पनि त्यसको प्रभाव न्यून छ। धेरैलाई यसबारे जानकारी नै छैन। गाउँमा कोरोनाबारे जानकारी नहुँदा र सचेतना नपुग्दा गाउँले अन्योलमा रहेको मोलुङ २ का नवराज दाहालले बताए। उनले सहर र विदेशबाट आएका आफन्तलाई संक्रमण छ भने परिवारले शंका गर्ने र छुट्टै व्यवहार गर्ने नसक्ने भएकाले संक्रमणको खतरा बढेको बताए। घर आउनासाथ परिवारका सदस्यलाई उपचार वा परक्षण गरेर मात्र आउन भन्ने अवस्था नरहेकाले शहरिया आफन्तबाटै गाउँले त्रस्त छन्।

सिद्धिचरण नगरपालिका १० का कमलप्रसाद धमलाले गाउँमा आएका सहरिया युवादेखि गाउँका सर्वसाधारण त्रसित बन्न थालेको बताए। उनले भने, ‘त्यसै शंका गर्न त भएन, तर परीक्षण नभएकाले स्थानीयलाई घुलमिल हुँदा संक्रमण पो हुन्छ कि भन्ने त्रास हुने रहेछ।’ सहरमा बस्दा कोरोना संक्रमणको त्रासमा गाउँ आएका आफन्तबाटै परिवारका सदस्य मनोवैज्ञानिक रुपमा त्रासमा परेको स्थानीय रेशम मगरले बताए।

आजभोलि कोरोनाको त्रासले गाउँ फर्किएका आफन्तबाटै गाउँले भने त्रसित बन्न थालेका हुन्। उनीहरुमा कतै संक्रमण पो भएको छ कि भनेर परिवार र छरछिमेकमा त्रास हुने गरेको चिशंखुगढी गाउँपालिका ३ का राजन ढुंगाना बताउँछन्। स्थानीय सरकारले यसका लागि कदम चाल्नुपर्ने उनको सुझाव छ। स्थानीय सरकारले सहर वा विदेशबाट घर आउनेलाई क्वारेन्टाइनमा राखेर परीक्षणपछि मात्रै परिवारका सदस्यसँग बसोबास गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.