कोरोना त्रास : राहत प्याकेज प्रस्तावको तयारी, निजी क्षेत्रका प्रतिनिधि सिंहदरबारमा
![कोरोना त्रास : राहत प्याकेज प्रस्तावको तयारी, निजी क्षेत्रका प्रतिनिधि सिंहदरबारमा](https://annapurnapost.prixacdn.net/media/albums/news-photo_20200329092725_WK0w5oTzMu.jpg)
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’पछि सकारले राहत प्याकेज घोषणाको तयारी गरेको छ।
आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा राहत प्याकेजको प्रस्ताव लाने तयारी भइरहेको छ। सरकारले मन्त्रिपरिषद् बैठकअघि निजी क्षेत्रका प्रतिनिधिलाई छलफलका लागि सिंहदरबारमा बोलाएको हो।
आइतबार दिउँसो छलफलका लागि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघी अध्यक्ष भवानी राणाको नेतृत्वमा केही उद्योगी सिंहदरबार पुगेका हुन्।
अध्यक्ष राणसँगै शेखर गोल्छा, पशुपति मुरारका, उमेशलाल श्रेष्ठलगायतका व्यवसायी सिंहदरबारमा छलफलमा सहभागी छन्। सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा अनुसार सिंहदरबारमा छलफल जारी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)