पूर्व राज्यमन्त्री खड्काले गरिन् घरभाडा छुट

पूर्व राज्यमन्त्री खड्काले गरिन् घरभाडा छुट

बागलुङ : पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छन् । बागलुङ नगरपालिका—२ की खड्काले आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिनाको करिब १ लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गरेकी हुन् ।

कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर भाडा छुट गर्ने निर्णय गरेको उनले बताइन् । ‘कोरोना भाइरसले अहिले विश्व नै ठप्प छ, सुरक्षाका लागि नेपाल पनि लकडाउन गर्नुपरेपछि अहिले व्यापार व्यवसाय सबै ठप्प छन्,’ उनले भनिन्, ‘यस्तो समस्याको घडीमा हामीले एकले अर्कोलाई सहयोग गर्नुपर्छ । मैले आफ्नो घरमा भाडामा बस्ने तथा पसल सञ्चालन गर्नेहरु सबैको एक महिनाको भाडा छुट दिने निर्णय गरेकी छु ।’

अहिले अमेरिकामा रहेकी खड्काले भान्जा अर्जुन घिमिरेमार्फत एक महिनाको घरभाडा छुट दिने भाडामा बस्दै आएकालाई जानकारी गराएकी छिन् । ‘उहाँ अहिले अमेरिका हुनुहुन्छ, मैले सबैलाई जानकारी गराइदिएको छु,’ घिमिरेले भने, ‘उहाँको नाममा भएको घर जग्गामा भाडामा रहेका पसल व्यवसायदेखि कोठा भाडासम्मको एक महिनाको भाडा छुट गर्नुभएको हो ।’

संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र १ बाट निर्वाचित तत्कालीन संविधानसभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन् । पतिको निधनपछिको रित्ताm स्थानमा भएको उपनिर्वाचनबाट निर्वाचित भएपछि खड्काले गरिबी निवारण तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । खड्का अहिले कांग्रेसको महासमिति सदस्य छन् ।

उनका दुई छोरा डा. सुदिप खड्का र सुमिस खड्का अमेरिकामा रहेकाले भेटघाटका लागि उनी अमेरिका गएकी हुन् । जेठो छोरा डा. सुदिप चर्चित इबोला भाइरसको औषधि पत्ताा लगाउने टिममा समावेश थिए। अमेरिकामा अनुसन्धान गर्ने खड्काको टोली कोरोनाको उपचारको अनुसन्धानरत छ ।

उद्योग वाणिज्य संघको आग्रहअनुसार कृष्णशंकर श्रेष्ठले यसअघि नै घरभाडा छुटको घोषणा गरिसकेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.