उच्च ज्वरो देखिएपछि ओखलढुंगामा दुई जना आइसोलेसन भर्ना

उच्च ज्वरो देखिएपछि ओखलढुंगामा दुई जना आइसोलेसन भर्ना

ओखलढुंगा  : ओखलढुंगामा कोरोना भाइरसको लक्षण देखिएको आशंकामा दुई जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। सिद्धिचरण नगरपालिका वडा -१० का दुई  युवतीलाई ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। 

उनीहरु दुवैजना एक हप्ता पहिलो भारतबाट फर्किएर परिवारसँगै बस्दै आएका थिए। उच्च ज्वरो र खोकी देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको सिद्धिचरण नगरपालिकाका जनस्वास्थ्य निरीक्षक पवन लामाले बताए। उनीहरुको सम्पर्कमा रहेका अन्य ७ जनालाई क्वारेन्टाइनमा मंगलबार दिउँसो ल्याइएको छ। 

विदेशबाट फर्किएका व्यक्तिको पहिचान तथा निगरानी गर्ने क्रममा उनीहरुमा उच्च ज्वरो देखिएकाले आशंका गरिएको हो। लामासहितको स्वास्थ्यकर्मीको टोलीले गाउँबाट आशंका गरिएका व्यक्तिलाई अस्पताल र अन्यलाई क्वारेन्टाइनमा ल्याएको थियो। 

नगरपालिकामा ३५ जना व्यक्ति दुई हप्ताअघि विदेशबाट घर फर्किएको तथ्यांक छ। उनीहरुलाई नियमित निगरानी गरेर घरैमा बस्न भनिएको छ। समस्या हुनासाथ क्वारेन्टाइनमा ल्याइने, अन्यथा सामाजिक दुरी कायम गरेर घरमा सुरक्षित बस्न, हिडहुल नगर्न भनिएको छ। 

खाडी मुलुक तथा छिमेकी भारतबाट आएका व्यक्तिमा सामान्य समस्या आउन थालेपछि स्थानीय भने त्रसित भएका छन्। अन्य समस्या भएपनि कोरोना हुन सक्ने भन्दै उपचार र सहयोगबाट समुदायका व्यक्ति टाढिएकाले समस्या आएको नगरपालिकाले जनाएको छ। विदेशबाट आएका र तीनका परिवारलाई नियमित निगरानी गर्ने र परामर्श दिन काम भइरहेको सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.