सरकारलाई कांग्रेस नेता साउदका तीन सुझाव

सरकारलाई कांग्रेस नेता साउदका तीन सुझाव

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले 'लकडाउन' का कारण समस्यामा परेका नेपालीलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लक डाउन सकारात्मक भएपनि आमनागरिकको दैनिकीमा परेको समस्या समाधानमा ध्यान दिन उनले आग्रह गरेका हुन्।

'मुलुकमा सरकारले लागू गरेको 'लकडाउन' जनस्वास्थ्यलाई दृष्टिगत गरी प्रभावकारी रूपमा लागू भएको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ', उनले भने, 'तर, लकडाउनका कारण नेपालभित्र मात्र नभएर विदेशमा रहेका नेपाली पनि समस्या छन्, उनीहरुको समस्या सम्बोधनका लागि सरकारले काम गर्नैपर्छ ।'

पूर्वमन्त्रीसमेत रहेका नेता साउँदले सरकारले तत्काल गर्नुपर्ने तीनवटा सुझाव दिएका छन् । उनले नेपाल आउन चाहने नेपालीको उद्धार गर्न, भारतबाट नेपालको सीमानाका पुगेर अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्न र विदेशमै रहेका नेपालीलाई कुटनीतिक पहलमार्फत आवश्यक व्यवस्था गर्न नेपाली राजदूतावासलाई  परिचालन गर्नुपर्ने सुझाव दिएका हुन्।

त्यस्तै नेता साउदले सरकारले वितरण गरिरहेको आधा सिलिण्डर ग्याँसप्रति आपत्ति जनाएका छन् । उनले ग्याँसको आपूर्तिमा समस्या नभएका बेला आधा मात्र ग्यास वितरण गर्नुको कारण सोधेका छन् । 'किन आधा मात्र ग्याँस ? ,' उनले प्रश्न गरे, 'ग्याँसको आपूर्ति अवरुद्ध छैन, पाइपलाइनबाट ग्यास आइरहेको छ, जनतालाई ठग्ने काम गर्नु हुँदैन ।'

उनले विद्युतमा सहुलियत दिएर आमनागरिकलाई बिजुलीबाट खाना पकाउन प्रेरित गर्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.