लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय पक्राउ

लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय पक्राउ

वीरगञ्ज : कोभिड–१९को सङ्क्रमण रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

देशको विभिन्न स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको बताए । 

काठमाडौँ, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक  मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ । गएरातिदेखि नै प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ । नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ  ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.