जानकी मेडिकल कलेजका नर्स आन्दोलित

जानकी मेडिकल कलेजका नर्स आन्दोलित

जनकपुरधाम : जानकी मेडिकल कलेजअन्तर्गतको शिक्षण अस्पतालका नर्र्स र कर्मचारी आन्दोलित भएका छन् । जनकपुरधाम–८ स्थित सिटी हस्पिटलका नर्स, कर्मचारीले सेवा ठप्प पारेका छन् । कोरोनाका शंकास्पदको जाँच गर्ने फिवर क्लिनिक सञ्चालनको आवश्यक तयारी नगरी जबरजस्ती काममा लगाएको विरोधमा उनीहरू आन्दोलित भएका हुन् ।

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले जानकी कलेजलाई क्वारेन्टाइन तथा आइसोलेसनका लागि छनोट गरे पनि स्वास्थ्यकर्मीलाई उपकरण उपलब्ध नगराई बिरामी जाँच्न दबाब दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीको सुरक्षाका लागि चाहिने स्यानिटाइजर, ग्लोब्स, मास्क, गाउनलगायत सामान्य सामग्रीसमेत नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरु बताउँछन् ।

‘नर्सहरु स्वयं सुरक्षित छैनन्,’ अस्पतालकी नर्स विनिता सिंहले भनिन्, ‘हामीलाई पीपीई उपलब्ध गराउनुपर्नेमा हालसम्म मास्क, सेनिटाइजर र गाउनसमेत उपलब्ध गराउन सकेको छैन, हामीले कसरी काम गर्ने ? ’

अस्पतालकी अर्की नर्स पुनम साहले कोरोना संक्रमणको हल्ला चलेदेखि आफूहरुले सुरक्षा सामग्री उपलब्ध गराउन भने पनि अस्पताल व्यवस्थापनले कुनै चासो नदिएको गुनासो गरिन् । ‘अहिले विश्वव्यापी कोरोना संक्रमण फैलिएको छ, हामीलाई पीपीई त परै जाओस्, ग्लोब्स, गाउनसमेत उपलब्ध छैन,’ उनले भनिन्, ‘कसरी बिरामी नजिक जाने ? ’

‘डाक्टरहरु राउन्डमा आउन छोडिसकेको र आए पनि दूरी बनाएर बस्न भन्नुहुन्छ,’ उनले भनिन्, ‘बिरामीसँग दूरी बनाएर बस्ने हो भने मेडिकेसन कसरी गर्ने, बिरामीको हेरचाह गर्न हामी पनि सुरक्षित हुनु प¥यो नि ।’ कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले गम्भीरतापूर्वक काम नगरेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

अहिलेको अवस्थामा रकमभन्दा कोरोनाका शंकास्पदको जाँच गर्न आवश्यक उपकरण, क्वारेन्टाइन, आइसोलेसन बेड, भेन्टिलेटर, ल्याबलगायत अत्यावश्यक रहेकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने नर्स सुनिता सिंह बताउँछिन् । उनले आफूहरूलाई अस्पतालले ४ महिनाको पारि श्रमिकसमेत नदिएको गुनासो गर्दै भनिन्, ‘हाम्रो ग्यारेन्टी कस्ले गर्छ, सरकारीमा काम गर्नेलाई ७५ प्रतिशत भत्ताा छ, हामीले के पाउँछौं ? ’

‘कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले चासो लिनुपर्ने हो, तर ध्यान दिएको छैन । अहिलेसम्म हामी जोखिम मोलेर काम गरिरहेका छौं तर अब सम्भव देखिन्न,’ अर्की नर्स विभा कर्णले भनिन्, ‘बिरामी, कुरुवा आईसीयूदेखि सबै वार्डमा पुग्छन् । यहाँ जाँच गर्ने थर्मल गन छैन, हाम्रो समस्या कस्ले बुझिदिने ।‘ बिरामीका कुरुवासमेत संक्रमित भएको हुनसक्ने उनले बताइन् । उनले भनिन्, ‘हाम्रै सुरक्षाको कुनै ग्यारेन्टी भएन अनि कसरी काम गर्नु ? ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.