सर्लाहीमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

सर्लाहीमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

मलंगवा : सर्लाहीको बसबरिया गाउँपालिका -२ मानपुरमा एक युवकको बिहीबार अचानक मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय हरिनारायण रायको १६ वर्षीय छोरा दिपेन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिहान घर नजिकैको बाँस काट्न गएका राय बेहोस अवस्थामा फेला परेका थिए। उनको बरहथवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए। बाँस काट्न गएका राय धेरै बेर घरमा नफर्केपछि परिवारजन खोज्न जाँदा बेहोस अवस्थामा फेला परेका थिए । 

रायको सर्पको टोकाईबाट मृत्यु भएको स्थानीयले आशंका गरेका छन्। रायको शव अहिले सर्लाही अस्पताल मलंगवमा पोष्टमार्टमका लागि ल्याइएको छ। पोष्टमार्टमपछि मात्र रायको मृत्यु के कारणले भएको हो त्यो खुल्ने प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.