संक्रमित युवतीसँगै विमानमा आएका ढोरपाटनका युवामा कोरोना संक्रमण नभएको पुष्टि

संक्रमित युवतीसँगै विमानमा आएका ढोरपाटनका युवामा कोरोना संक्रमण नभएको पुष्टि

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट आएका ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारी चौरका युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । 

ढोरपाटनका युवा कोरोना संक्रमण पुष्टि भएकी काठमाडौं र बागलुङ नगरपाकिा -४ कुँडुलेकी १९ वर्षीया किशोरीसँगै कतार एयर एयरवेजको विमान बिमानबाट सँगै आएका थिए । होम क्वारेन्टाइनमै रहेका ढोरपाटनका युवामा कोरोना भाइरस संक्रमणको आशंकामा सोमबार नमुना स्वाब संकलन गरेर काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण नभएको पुष्टि भएको प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

संक्रमित फेला परेसँगै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको तीव्र जोखिम देखिएको भन्दै बागलुङमा त्रास बढेको समयमा पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि जिल्लावासीमा राहत महशुस भएको छ।

कतार एयरवेजको विमानमा सवार काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका चारजना सवार रहेको पाइएको थिया । जसमा बानपा ४ कुडुलेकी युवतीमा संक्रमण पुष्टि भएको छ भने नमूना परीक्षणमा पठाएका अन्य दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ । ६५ वर्षीया एक महिलामा भने कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै राखिएको छ । 

सोमबार परिवारका ७ जना सदस्यसहित ११ जनाको नमुना स्वाब पठाइएकोमा संक्रमित किशोरीका बुवा, हजुर बुवा, हजुआमा, फुपु, फुपुका छोरा र छोरीमा संक्रमण नभएको रिपोर्ट आएको थियो । 

संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया किशोरीको दोस्रो पटक स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । योसहित अन्य चारजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित किशोरी गत चैत्र ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल आएका थिइन् ।  कतार एयरवेजको विमानमा सवार काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका यी किशोरीलाई पनि सामान्य ज्वरो देखिएकाले चैत्र १२ गते स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको थियो । 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएको स्वाब परीक्षणमा किशोरीमा गत शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.