क्‍वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाइयो

क्‍वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाइयो

दैलेख : जिल्लाको महाबु गाउँपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई दुई दिनमै घर पठाएको पाइएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि रातारात गाउँ फर्किएका क्वारेन्टाइनमा राखिएको थियो ।

भारतलगायत तेस्रो मुलुकबाट फर्किएका र नेपालकै अन्य जिल्लाबाट फर्किएका व्यक्तिलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने सरकारको नीति भएपनि स्थानीय तहले दुई दिनमै घर पठाउनु गलत भएको स्थानीयले बताएका छन् । 

लकडाउनको समयमा उनीहरु बाग्लुङ जिल्लाबाट महाबु गाउँपालिकामा आएका थिए । त्यहाँ रोजगारीका लागि गएकाहरु लकडाउन पछि गाउँ फर्किएका थिए । महाबु गाउँपालिकाका कमलबहादुर सिंह, प्रकाश विक, राजबहादुर सुनार, नदराम विक, कविराज सुनार, हिमबहादुर सिंह, कमलबहादुर थापा, कमल सुनार, ललिता विक, जुना विक, मञ्जु शाही, रत्नकुमार सांवद, डिलबहादुर विक, याम बहादुर विक, जितेन्द्र विक, हेमराज विक, भरत विक, इन्द्रबहादुर सिजाली, खेमविर थापा, प्रेमबहादुर शाही, बलबहादुर शाही सहित २१ जना कामको शिलसिलामा बाग्लुङ गएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भनिएपनि दुई दिनमै घर पठाइएको छ । 

गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले फर्किने क्रममा विभिन्न नाकामा स्वास्थ्य चेकजाँच भएको र ज्वरो नदेखिएपछि  २१ जनालाई घर पठाइएको बताए । 'क्वारेन्टाइनमा राख्दा पनि स्वास्थ्य चेकजाँच गरिएको थियो, उहाँहरुमा ज्वरो देखिएन, उहाँहरु पनि घरमै बस्छौं, भन्नुभयो त्यसैले घर पठाएका हौं, अध्यक्ष शाहीले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.