८ सय ५१ परिवारलाई राहत वितरण

८ सय ५१ परिवारलाई राहत वितरण

मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आइतबारबाट राहत बाढ्ने काम सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको हो । 

७ वटा वडा रहेको चन्द्रनगर गाउँपालिकामा पहिलो दिन वडा नं. २ र ७ मा राहत वितरण गरिएको छ । वडा नं. २ का ५ सय ४१ र वडा नं. ७ का ३ सय १० परिवारलाई राहत दिइएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए। प्रदेश सरकार र स्थानीय तह दुवैको संयोजनमा राहत वितरणको काम सुरु गरिएको महतोले जानकारी दिएका छन् । 

राहत वितरणमा प्रदेश सरकारले दिएको १० लाख र बाँकी गाउँपालिकाको लगानी रहेको महतोले बताए । गाउँपालिकाको पनि करिब १४ लाखसम्म खर्च हुने महतोले बताए । यसअघि पनि हात धुनका लागि ८ हजार २ सय साबुन र २१ हजार मास्क वितरण गरिएको महतोले जानकारी दिए । राहत वितरणपछि कीटनाशक औषधिसमेत छर्किने महतोले बताए । 

३ हजार १ सय ९१ परिवारलाई राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए। वडा स्तरीय सर्वदलीय समितिले सिफारिस गरेको विपन्न परिवारलाई राहत बाँढ्ने काम सुरु भएको छ । १ देखि १० जनासम्म सदस्य संख्या भएको परिवारलाई १० किलो चामल, एक किलो दाल, १ किलो नुन र आधा लिटर खानेतेल वितरण गरिएको छ । ११ जना वा सोभन्दा बढी सदस्य संख्या भएको परिवारलाई १५ किलो चालम दिएको अधिकृत साहले बताए । ११ वा सोभन्दा बढी सदस्य संख्या भएको परिवार १ सय २४ वटा रहेको छ । 

त्यसैगरी सर्लाही सदरमुकाम मलंगवामा ३ सय ५५ परिवारलाई राहत वितरण गरिएको छ  । वडा नं. १ का २ सय ३० र वडा नं. ८ का १ सय २५ परिवारलाई राहत वितरण गरिएको हो । १० किलो चामल, २ किलो दाल र ३ सय नगद प्रति परिवारलाई राहत प्रदान गरिएको मलंगवा नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.