र्‍यापिड टेष्ट निर्णय कार्यान्वयन अन्यौलमा

र्‍यापिड टेष्ट निर्णय कार्यान्वयन अन्यौलमा

बागलुङ : दुई संक्रमित भेटिएसँगै कोरोना भाइरस (कोभिड-१९) को जिल्लामा जोखिम बढेको निष्कर्ससहित नेपाल सरकारले गरेको तत्काल द्रूत परीक्षण (र्‍यापिड टेष्ट) गर्ने निर्णय कार्यान्वयनमा अन्यौल देखिएको छ । 

स्वास्थ्य मन्त्रालयको आइतबारको पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले र्‍यापिड टेष्टका लागि टोली सोही दिन हिँड्ने बताएका थिए । मंगलबारको पत्रकार सम्मेलनमा पनि मन्त्रालयबाट टोली हिँडिसकेको बताए । तर, जिल्लाका सरोकारवाला निकाय अझै बेखबर छन् । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पताल दुवै अन्यौलमा देखिएका छन् । अहिलेसम्म अस्पताल र स्वास्थ्य कार्यालयबाट शंकास्पद व्यक्तिको स्वाब संकलनपछि पठाउने काम मात्र गरिँदै आइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले केहि दिनयता मन्त्रालयबाट टोली हिँडिसकेको समाचारमा सुने पनि कुन टोली कहिले आउने भन्ने बारे जानकारी नरहेको बताए । 'र्‍यापिड टेष्ट गर्ने निर्णय त भएको जानकारीमा आएको छ,' कार्यालय प्रमुख गुरौले भने, 'अरु विस्तृतमा हामीलाई कुनै जानकारी र निर्देशन प्राप्त भएको छैन, हामी पनि अन्यौलमै रुमलिरहेका छौं।'

मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै ९ सय र संक्रमण देखिएका दुईजनाका छिमेकीसहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको छ। 

स्वाब परीक्षण गर्ने विधि ढिला भएकाले कोरोनाको द्रुर्त परीक्षण थालिएको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टा सम्म लाग्नेमा सानो किटबाट गर्न सकिने द्रूर्त परीक्षणमा १० देखि १५ मिनेटमै उक्त किटले एकजनाको रगत परीक्षण गर्न सकिन्छ । तर उक्त किटबारे गुणस्तरमा विवाद छ । जसका कारण परीक्षण पश्चात मात्रै जिल्लामा  र्‍यापिड टेष्ट मास्क स्केलमा गर्न सकिने गरी ल्याउने तयारीका कारण ढिलाई भएको हुन सक्ने गुरौले बताए । 

धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले पनि कोरोनाले नेपालमा दोस्रो चरण लिइसकेकोले समुदाय तहको परीक्षणका लागि छिटो परीक्षण अपरिहार्य भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको बताए । 'र्‍यापिड टेष्टको विषयमा अस्पताललाई कुनै जानकारी छैन, जनस्वास्थ्यमार्फत गरिने भएकाले हामीसँग नभएको हुनसक्छ,' डा.पोखरेलले भने, 'म मन्त्रालयमा फ्लो अप गर्ने तयारीमा पनि छु, यसमा कदापी ढिलाई गर्नुहुँदैन ।'
 
बागलुङमा अहिले दुईजना कोरोना संक्रमित छन् । उनीहरु दुवैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.