जुम्लामा एकैदिन ३२४ जनाको स्वाब संकलन

जुम्लामा एकैदिन ३२४ जनाको स्वाब संकलन

सुर्खेत : जुम्लाका विभिन्न स्थानबाट एकै दिन तीनसय २४ जनाको स्वाब संकलन गरिएको छ । जुम्लाको विभिन्न स्थानीय तहमा भारत तथा तेस्रो मुलुकबाट आएका तीनसय २४ जनाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो । घुम्ती शिविरमार्फत एकै दिन संकलन गरिएको स्वाब परीक्षणका लागि नेपाली सेनाको हवाईजहाजमार्फत काठमाडौं पठाइएको हो । 

जुम्ला विमानस्थल, सिंजा कनकासुन्दरीको लासीपाटन र हिमा गाउँपालिकाको देवारगाउँमा घुम्ती शिविर सञ्चालन गरेर स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर र काठमाडौंबाट जहाजमा आएका डाक्टरले एकै दिन तीन स्थानमा पुगेर स्वाब संकलन गरेका हुन् । दुईसय ५३ जनाको स्वाब संकलन गर्ने लक्ष्य भए पनि थप एकसय जनाको स्वाब संकलन गर्न सफल भएको उनको भनाइ छ । 

जुम्लाको चन्दननाथ नगरपालिका, तिला, तातोपानी, पातारासी र गुठिचौर गाउँपालिकाको जुम्ला विमानस्थलबाट एकसय ५० जना, हिमा गाउँपालिकाको देवागाउँबाट एकसय २४ र कनकासुन्दरी गाउँपालिकाबाट ५० गरी जम्मा तीनसय २४ जनाको स्वाब संकलन गरी जहाजबाट काठमाडौं पठाइएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले भारततबाट आउनेहरुबाटै कर्णालीमा कोरोना संक्रमणकोे जोखिम बढेको बताए । भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकाले जुम्लालाई कोरोना भाइरस संक्रमणको (रिक्सजोन)मा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.