निमुखालाई दैनिक भोजन
इलाम : समय असहज छ। गाँसबासको टुंगो नभएका भोकै पर्ने अवस्था छ। धेरैलाई रोजगारी गुमेकाले पनि साँझ बिहान हात मुख जोड्न कटिन छ । यस्तै भरोसाबिहीनका लागि इलामका सूमन श्रेष्ठ र देवी पौड्यालसहितको टिमले इलाम सदरमुकाममा सुरु गरेको 'इलामेली किचन' मा बुधबार सम्ममा एक हजार हाराहारीले भोक मेटाएका छन् ।
बुधबार बिहानको खाना खुवाएपछि होटल एसोसिएसन इलामका अध्यक्ष समेत रहेका देवी पौड्यालले सुनाए, 'आज मात्रै सयको हाराहारीलाई भोजन गरायौं।' एघार दिनअघि सुरु गरेको किचनमा सडक पेटीमै जीवन विताउने, लक डाउनका कारण रोजगारी गुमाएका र अस्पताल आएर बन्दाबन्दीको कारण भोकै परेकालाई भोजन गराउने गरिएको छ।
पौड्यालले पछिल्लो समयमा सहयोग गर्नेको सख्या समेत बढेको बताए।पकाउने र वितरण गर्नेमा इलामका होटल व्यवसायी र समाज सेवी लाग्ने गरेका छन् । भोक मेटाउदै एक महिला।जो वर्षौदेखि सदरमुकाममा मागेर गुजारा गर्दै आएकी छिन्।