भारतबाट  हिँडेर सर्लाही आउनेको संख्या ५३ पुग्यो

भारतबाट  हिँडेर सर्लाही आउनेको संख्या ५३ पुग्यो

मलंगवा : भारतको उत्तर प्रदेशको कानपुरबाट सर्लाहीका लागि हिँडेका १ सय ८४ जनामध्ये ५३ जना सर्लाही आइपुगेका छन् । सुरक्षाकर्मीको आँखा छलेर उनीहरू सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आइपुगेका हुन् । 

रातीको समयमा खेतको बाटो हुँदै उनीहरू चन्द्रनगर गाउँपालिका आइपुगेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए। शुक्रबार बेलुकासम्म ४९ जना थियो । राती थप ४ जना आइपुगेका छन् । जसमध्ये ५ जना ईश्वरपुर नगरपालिकाको, एकजना चक्रघट्टा गाउँपालिकाको र एकजना महोत्तरीको गौशलाका रहेका छन्। ईश्वरपुरका ५ जनालाई सम्बन्धित गाउँपालिकामा पठाएका छौं । अन्यलाई पनि सम्बन्धित गाउँपालिकामा पठाउने अध्यक्ष महतोले बताएका छन् । सबैजनालाई अहिले कामतको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखेका छौं । 

सबैजनालाई अहिले क्वारेन्टाइनमा राखिएको छ । सबैको स्वास्थ्य परीक्षण भइरहेको छ । अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन। नेपाल–भारत दुबै देशमा लक डाउन चलिरहेको अवस्थामा यतिका धेरै संख्यामा मानिस कसरी आए? त्यति धेरै संख्यामा कसरी प्रवेश गरे आफूलाई अच्चम लागेको महतोले बताएका छन् । 

भारतबाट आउनेलाई रोक्नका लागि सीमामा निकै कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनले भने, 'ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएका छौं । खुल्ला सीमा भएकाले रातीको समयमा खेतैखेत उनीहरू जिल्लामा प्रवेश गरेका हुन् । पूर्वको संग्रामपुरदेखि पश्चिमको बलरासम्म ५१ किलोमिटर सर्लाहीको सीमा पर्छ । जुन खुल्ला छ । भारतमै रोक्नका लागि पनि निकै प्रयास गरेका छौं । तर पनि कसरी छिर्यो अच्चम लाग्छ । चौबिसै घण्टा प्रहरीको निगरानी हुँदा पनि प्रवेश गर्न सफल भएका छन् ।'

अहिलेसम्म सर्लाहीको मात्रै १ सय २३ जना बिहारको विभिन्न क्वारेन्टाइनमा छन् । जिल्लामा ६५ जना क्वारेन्टाइनमा छन् । भारतबाट ठूलो संख्यामा मानिस सर्लाही जिल्लामा आएपछि जोखिम बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.