पशुपंक्षीलाई महानगरले आहारा दियो

पशुपंक्षीलाई महानगरले आहारा दियो

काठमाडौं : मगरपालिकाले पशुपंक्षी, चराचुरुङ्गीलगायतका चौपायलाई आहारा बाँड्न थालेको  छ । पशुपंक्षीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले आहारा बाँडेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोलीले आज आफैँ स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पशुपंक्षीलाई आहारको व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ), सहसचिव राजेश्वर ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल, प्रशासन विभाग प्रमुख नमराज ढकाल, महानगर प्रहरी प्रमुख धनपति सापकोटालगायतको टोलीसहित शाक्य स्वयम्भू, बौद्ध र पसुपतिनाथ पुगेका थिए । 

पशुपंक्षीको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर ४३ औं नगर कार्यपालिका बैठकले उनीहरूलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको र सोहीअनुरुप काम अघि बढेको मेयर शाक्यले बताए । ‘हामीले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुलाई राहत वितरण गर्न कोरोना भाइरस (कोभिड–१९) सम्वन्धी राहतवितरण मापदण्ड–२०७६ नै पारित गरेका छौं,’ उनले भने, ‘चराचुरुङ्गी, परेवा, छाडा चौपाय, सामुदायिक कुकुर, बादर केही पनि भोकले नमरुन भनेर वडा–वडालाई आहारका लागि बजेट पठाएका छौँ ।’ 

शनिबार पशुपति, बौद्ध, स्वायम्भू लगायतका क्षेत्रमा आहार बाँडेको मेयर शाक्यले बताए ।  भोलि वसन्तपुर, कालमोचनलगायतका क्षेत्रमा अनुगमन गर्ने पनि जानकारी मेयर शाक्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.