जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

जनकपुरधाम : जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ परेका छन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहलाई प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । साहले प्रहरी सहायक निरीक्षक र जवानमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेको हो । 

आइतबार बिहान लकडाउनको समयमा मोटरसाइकलमा बिना मास्क, पञ्जा महावीर चोकबाट जाँदै गरेका साहसँग सोधपुछका क्रममा प्रहरीसँग भनाभन भएको थियो । भनाभनपछि अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरलाई दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । ठाकुरले भने, ' उहाँ को हुनुहुन्छ, भनेर मैले चिनिन, तर सुरक्षा सामग्री नै नलगाई कहाँ जान लागेको भनेर सोध्दा म माथि झम्टिनु भो ! अन्य व्यापारी बोलाएर हात नै हाल्नु भो ।'
 

'मास्क नलगाएर गइरहेको देखेपछि मैले रोकेर सर मास्क किन लगाउनुभएको छैन भनी प्रश्न गरे । यस्तो महामारीको अवस्थामा मास्क लगाउनु नितान्त आवश्यक छ, प्रहरी सहायक निरीक्षक ठाकुरले भने, 'मैले लगाएर हिँडनुस् आग्रह गरे, तर मास्क घरमै बिर्सेर आएँ , के गर्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ फर्काउनुभयो।'

त्यसपछि मैले उहाँलाई गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन अग्रह गर्दा स्थनीय व्यापारीलाई बोलाएर गालीगलौज गर्दै हातपात र धक्कामुकीमा मोबाइल समेत फुटाइ दिए,' उनले भने । 

घटनापछि अध्यक्ष साहलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । अध्यक्ष साहमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.