चिउरा–भुजा मागेर जीवन धान्न बाध्य

चिउरा–भुजा मागेर जीवन धान्न बाध्य

राजविराज : सप्तरीको  विष्णुपुर गाउँपालिका  ६ सुभकलाल सदा कामकाज छोडेर घरमा बस्न बाध्य छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका  सदा  लकडाउन भएदेखि कामको अभावमा घरमा बस्दै आएका हुन् । 

काम  गर्ने उद्योग बन्द भएपछि सदाको दैनिकी कष्टकर बन्दै गएको छ । दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा गर्दै आएका सदालाई अहिले बालबच्चा र वृद्ध बुबालाई के खुवाउने भन्ने चिन्ताले सताउन थालेको छ । 

घरमा थोरै जोहो गरेर राखेको चामल दाल सकिएपछि थप चिन्तित बनेका छन् ।  विगत एक सातादेखि छिमेकीहरुसँग चिउरा–भूजा मागेर आफू तथा बालबच्चाहरुको दिन कटाउँदै आएको उनको  दुःखेसो छ ।

घरका खानेकुराहरु सकिएको र बजारबाट किनेर ल्याउन पैसा नभएको  विष्णुपुर गाउँपलिक ६ का बालसुधी सदा बताउँछन्। 
’गाउँपालिकाबाट अहिलेसम्म मास्क र साबुन मात्र पाएका छौं । राहत अहिलेसम्म पाएका छैनौं । काम बन्द भएपछि परिवार पाल्ने चिन्ता लाग्न थालेको छ’, उनी भन्छन् , ’एकबोरा चालम किन्न १५ सय रुपैयाँ चाहिन्छ । आफूसंग त्यो पनि छैन।’ 

सप्तरीमा मुसहर जातिमध्ये २३ दशमलव ७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेकाले अधिकांशले ज्याला मजदुरी गरेरै गरिबी र अभावग्रस्त रुपमा परिवार चलाउँदै आएका मुसहर समुदायको जनजीवन अति नै कष्टकर बनेको छ । 

यद्यपी, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान नपुगेको उनीहरुले गुनासो गरेका छन् । 

सप्तरीमा मुसहर जातिमध्ये २३ दशमलव ७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेकाले अधिकांशले ज्याला मजदुरी गरेरै गरिबी र अभावग्रस्त तरिकाले परिवार चलाउँदै आएका छन् । मुसहर समुदायको जनजीवन अति नै कष्टकर बनेको छ । यद्यपी, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान नपुगेको उनीहरुले गुनासो गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.