सप्तकोशीमा एकै टोलका ७५ जनाको आरडीटी, १ जनामा पोजिटिभ
राजविराज : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएको हुनसक्ने आशंकामा शनिबार सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुर (पारुहाङ्ग चौक) का ७५ जनार्को र्यापिड टेस्ट (आरडीटी) गर्दा एकजनाको पोजिटिभ रिपोर्ट आएको छ ।
७५ जनामध्ये ७१ वर्षीय पुरुषमा कोरोनाको आरडीटीमा पोजिटिभ रिपोर्ट आएको हो । उनलाई राजविराज लगिएको र उनको नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा आरटी पीसीआर परीक्षणका लागि पठाइएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डन्ट चुमनलाल दासले जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमित १२ जना भारतीय नागरिक त्यहाँको मस्जिदमा पनि बसेर गएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाको आरडीटी गरिएको थियो ।
७५ मध्ये १७ जना भारतीय नागरिक हुन्। विवाह कार्यक्रममा सहभागी हुन आएका उनीहरु लकडाउनका कारण घर फर्कन नसकेको स्थानीयको भनाइ छ ।