कोरोनाबाट ज्यान गुमाएका बिष्णुकुमारको शव बुझ्ने पनि कोही भएन

कोरोनाबाट ज्यान गुमाएका बिष्णुकुमारको शव बुझ्ने पनि कोही भएन

अमेरिका : कोरोना कहरले आक्रान्त न्यूयोर्कको नेपाली समुदाय त्यतिबेला अझबढी दुःखी भयो, जतिबेला बिष्णुकुमार राईको शव बुझ्ने मान्छे पनि थिएनन्। बिष्णुकुमारको निधन भएको खबर पनि दुई हप्तापछि मात्रै थाहाभयो, त्यो पनि पत्रकारले समाचारमा आएपछि। 

रोगले च्यापिरहेका बेला आफन्त भेट्नु, देख्नु त परको कुरा अस्पतालसमेत देख्न नपाई न घरभित्रै नेपालीको मृत्यु भयो भन्ने खबर आएपछि न्यूयोर्कबासी नेपालीे निकै दु:दी भए।

यसरी चुपचाप बिष्णुकुमारले संसार छाडेको खबर न उनको परिवारले थाहा पायो नत कोही आफन्तले। अमेरिकामा उनी एक्लो थिए। उनको सोधखोज  गर्ने मान्छेसम्म पनि यहाँ कोही भएनन्। निधनपछि  कर्मचारीले विवरण संकलन गरी शव सरकारलाई जिम्मा लगाइसकेका छन्। 

यहाँका स्थानीय नेताले दिएको जानकारीलाई आधार मान्दा कोरोना संक्रमण भएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका रहेछन्। अहिले उनको शवले आफन्त र आफ्नो देश खोजिरहेछ। जीवित हुँदासम्म अमेरिकी सपनाले बिष्णुलाई पनि दिनरात दौडाइरेको रहेछ। 

बिष्णुकुमार वर्षौपहिले आएका रहेछन् अमेरिका। स्थानीय संघ, सस्थाको सहयोगमा उनले अमेरिकामा काम गर्ने कागजात बनाउन सकेको देखिन्छ। पछिल्ला दिनमा उनी प्राय अलपत्रजस्तै थिए। उनले कामपनि छाडिसकेका थिए भने जीवन जिउने मदानी समेत घोल्न छाडिसकेका थिए। सायद उनी बिरक्क्तिएका थिए एक्लो भएर। 

यही परिवेशमा परदेशी मुलुक पसेको २७ वर्षमाउनी संसारबाट विदा भए। उनलाई जान्नेहरु भन्दै छन्, उनको विवाह भएको थिएन्। परिवारका सदस्यमा उनकी भान्जी मात्रै छिन् जो अहिले सम्पर्कमा छिन्। भाई बिवाह गरेको केही वर्षमै बिते, भाइबुहारी अन्तै हिँडिन्। तीन सन्तानमध्ये कान्छी बहिनी पनि बिवाह गरेको केही वर्षमा अन्तै लागिन्। बिष्णुका बुवाआमा जीवित छन्, या छैनन् भान्जीलाई पनि थाहा छैन्।

२७ मार्चमा असंसार छाडेका बिष्णु कुमारको प्राप्त कागजातलाई आधार मान्दा उनको जन्म सन् १९४८ अप्रिल २५ मा भएको हो। जस अनुसार उनी आगामी साता ७२ बर्षका पुग्दै थिए। उनको वर्क परमिटमा जन्मदेश नेपाल भनेर उल्लेख छ। काठमाडाँै बाँसबारीका बासिन्दा भनिए पनि उनी नेपालमा कुन जिल्ला र गाउँमा जन्मिएका हुन् कुनै जानकारी भेटिँदैन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.