लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

मलंगवा : लागुऔषधसहित सशस्त्र प्रहरीले सर्लाहीको मलंगवाबाट दुईजनालाई पक्राउ गरेको छ ।मलंगवा ९ नेपाल भारत सीमा नजिकैबाट सशस्त्र प्रहरीले सय एमएलका २८ बोत्तल वालरेक्ससहित मलंगवा ३ का सुशिल राउत र मनोज राउतलाई पक्राउ गरिएको हो।

रातीको समयमा भारतबाट सीमा नजिकै आएका एकजनाले लागुऔषध फालेको र राउतले बोकेर आउँदा गर्दा उनीहरुलाई पक्राउ गरिएको सीमा सुरक्षा बेस क्याम्प मलंगवाका सशस्त्र प्रहरी निरीक्षक संजीत कुमार सिंहले जानकारी दिए।

सीमा क्षेत्रमा गस्ती गर्दै गरेका सुरक्षाकर्मीलाई छलेर भारतीय साथीको सहयोगमा तिनीहरुले लागुऔषध मगाएको प्रहरी निरीक्षक सिंहले बताए। प्रहरीले उनीहरु सबार बिआर ३० जे ५०८१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको सशस्त्र प्रहरी निरीक्षक सिंहले जानकारी दिए। 

दुई देशमा कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपनि लागुऔषधका कारोबार लुकिछिपी हुने गरेको छ । मंगलबारमात्रै सशस्त्र प्रहरीले विभिन्न मितिमा बरामद गरेको ९५ बोत्तल वारलेक्स (१०० एमएल) का नष्ट गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.