लकडाउनमा फसेकाको उद्धारका लागि तथ्यांक संकलन गरिँदै

लकडाउनमा फसेकाको उद्धारका लागि तथ्यांक संकलन गरिँदै

ओखलढुंगा : लकडाउनका कारण काठमाडौंमा अलपत्र नागरिकलाई आफ्नो घरसम्म ल्याउन ओखलढुंगाका स्थानीय तहले तथ्यांक संकलन सुरु गरेका छन् ।  लकडाउनका कारण कोठा लिएर राजधानीमा बसोबास गरिरहेका परिवार तथा व्यक्तिलाई खान बस्नको समस्या आए पछि घर ल्याउन तथ्यांक संकलन शुरु गरिएको हो ।

वडा तहबाट तथ्यांक संकलन गरि बसोबास गरेकै स्थानबाट सवारी साधन पठाएर घरसम्म ल्याउने व्यवस्था गरिने सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले बताए । उनले आवश्यकता अनुसार उनीहरलाई क्वारेन्टाइनमा राखिने छ । 

स्थानीय तहले कार्यपालिकाको बैठकबाटै निर्णय गरेर समस्यामा परेका नागरिकलाई घरसम्म ल्याउन र राहतको व्यवस्था गर्ने तयारी थालेका हुन् । वडा तहबाट तथ्यांक आएपछि संघीय राजधानी तथा अन्य शहरमा रहेको नागरिकलाई सवारी साधनको व्यवस्थापन गरेर घरसम्म आउने व्यवस्था गर्ने चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । देशभर राहतको बहस भइहेकाले वास्तविक राहत पाउनु पर्ने अवस्थाका  मजदुर र ज्यालादारीका कृषि मजदुरहरुलाई उचित खाद्यन्न उपलब्ध गराइने शर्माको भनाइ छ ।

ओखलढुंगाका आठै स्थानीय तअले सुचना प्रकाशन गरेर विभिन्न शहरमा रहेका नागरिकहरुलाई आफ्ना वडाका वडा अध्यक्षको सम्पर्कमा आउन आग्रह गरेका छन् । घर आउन नपाउनेहरुको विवरण संकलन गर्ने काम थालिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले त्यस्ता व्यक्तिहरुको विवरण संकलन गर्ने, ल्याउन पहल गर्नेलगायतका निर्णय गरेपछि अहिले विवरण संकलनको काम थालिएको हो ।
त्यस्तै पालिका तहमा संचालित योजना, परियोजनालगायतमा कार्यरत व्यक्तिहरुको विवरण समेत संकलन गर्ने कार्यका लागि वडा समिति परिचालित छन्।

विवरण अद्यावधिक भएपछि ती व्यक्तिलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अबलम्बन गरी सुरक्षित तवरबाट सम्बन्धित पालिकाको संयोजनमा आआफ्नो पालिकामा ल्याउन र पुर्याउन स्थानीय तहले काम थालेका छन् ।

वडाले सबै खाले तथ्यांक एक वा दुई दिनमै संकलन गरेर पलिकामा पेश गरी छिटो कार्यन्वयन थालिने सिद्धिचरणका मेयर श्रेष्ठको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.