अमेरिकामा रहेका चिकित्स भन्छन्  : भाइरस नियन्त्रणको चरणमा छ, केहीदिन सोसल डिस्टेन्समा बसौं

अमेरिकामा रहेका चिकित्स भन्छन्  : भाइरस नियन्त्रणको चरणमा छ, केहीदिन सोसल डिस्टेन्समा बसौं

अमेरिका :  अमेरिकामा रहेका चिकित्सकले नेपाल सरकारले अब थोरै मात्रै सचेतता अपनाउन सकेमा कोरोना भाइरसबाट नेपालीहरुलाई सुरक्षित राख्न सकिने सुझाव दिएका छन् । अध्ययनहरुले भाइरस अबको १५ दिनमा धेरै नियन्त्रणमा आउने उल्लेख गर्दै, चिकित्सकले सोसल डिस्टेन्समा बस्न नेपालीहरुलाई आग्रह गरेका छन् । 

अमेरिकामा चिकित्सा पेशामा संलग्न डाक्टर केशव पौडेलले अन्नपूर्ण पोस्ट्सँग कुराकानी गर्दै भने, 'नयाँ इपिसेन्टर बनेको अमेरिकामा पनि पछिल्लो एक साता धेरै नियन्त्रणमा आएको छ, अन्य देशको अवस्था पनि यस्तै छ, यसर्थ अब १५ दिन सामाजिक सुरक्षा अपनाएर बस्न सकेमा धेरै हदसम्म भाइरसबाट बच्न सकिनेछ ।' 

'भाइरस उच्च बिन्दुमा पुगेर झर्ने क्रममा छ, यसको अर्थ हुन्छ अब हामी नियन्त्रणको चरणमा छौं', पौडेलले भने  । उनका अनुसार नेपालले अब केही दिन सिमानामा चेकजाँच तीव्र पार्ने, हिँड्डुललाई कम गर्ने र सामाजिक सुरक्षा अपनाउन सकेमा नेपाललाई भाइरसबाट बचाउन सकिने सुझाएका छन् । 

अब नेपालमा भाइरस रोकथामका लागि के के गर्न सकिन्छ ? भन्ने प्रश्नमा डाक्टर पौडेलले भने, 'छिमेकी देश भारतमा संक्रमण बढेको खबर छ, तर हाम्रो नेपालमा संख्यात्मक हिसावले कम छ । अब थोरै मात्रै सचेत हुन सकेमा र स्थानीय सरकारमार्फत सही सूचना मात्रै पुर्याउन सकेमा हामी यसबाट बच्न सक्छौं ।' 

सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको सुधार प्रशंसनीय रहेको बताउँदै फ्रन्ट लाइनमा बसेका स्वास्थ्यकर्मीलाई हौसला बढाउनुपर्ने सुझाएका छन् । उनले नेपालका निजी तथा सरकारी अस्पतालहरुमा कोरोना विशेष आइसियु स्थापना गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने तर्क गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.