लकडाउनमा हिड्ने ४ सय सवारी र १७ सय व्यक्तिलाई कारबाही

लकडाउनमा हिड्ने ४ सय सवारी र १७ सय व्यक्तिलाई कारबाही

नुवाकोट : नुवाकोटमा लकडाउनको समयमा नियम उलंघन गर्ने करिब ४०० सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । त्यसैगरी एक महिनाको अवधिमा लकडाउन उलंघन  १७०२ जनालाई नियन्त्रण लिएर सचेत गराई छाडेको नुवाकोट प्रहरीले जनाएको छ।

विश्वभर महामारीको लिएको कोभिड–१९ कोरोना भाइरस फैलन नदिन सरकारले गत चैत्र ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको थियो । प्रहरीका  अनुसार नियन्त्रणमा लिइएका सवारीमा ३३४ मोटरसाइकल, ५ ट्रक, ३ आइचर, स्कुटर, मानिस ओसारपसार गर्ने एम्बुलेन्ससहति रहेका छन् ।ती सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेर छाडिएको नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेले जनकारी दिए ।
लकडाउनको पालना नगरी सर्वसाधारणहरु हिँड्न थालेपछि प्रहरीले १७०२ जनालाई केही समय नियन्त्रणमा लिई सोही ठाउँमा होल्ड गरी सम्झाई बुझाई पठाइएको प्रहरी प्रमुख काफ्लेले बताए।

उनका अनुसार एकैदिन शुक्रबार मात्रै लकडाउनको अवज्ञा गर्ने २५७ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधि उपचारदेखि खाद्यान्नको जोहो गर्ने लगायतलाई अत्यावश्यक काम भनिएको छ । अत्यावश्यक परेमा प्रहरीको टोल फ्री नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीलाई जानकारी दिएर जान सकिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.