हिमपहिरोमा हराएका थप एक कोरियनको शव फेला, अन्यको खोजी जारी

हिमपहिरोमा हराएका थप एक कोरियनको शव फेला, अन्यको खोजी जारी

पोखरा : अन्नपूर्ण आधाशिविरको पदयात्रा मार्गमा माघ ३ गते गएको हिमपहिरोमा हराएका मध्ये थप एक जना कोरियन पर्यटकको शव फेला परेको छ। हिमपहिरो गएको क्षेत्रमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीयले हिउँ पन्छाएर खोजी गर्दा सोमबार एक जना कोरियन पर्यटकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

प्रतिकुल मौषमको कारण शव भने पोखरा ल्याउन नसकिएको उनले बताए। आर्मीको हेलिकोप्टर शव लिन गए पनि मौषम अनुकुल नहुँदा फर्केर आएको हो। दुई कोरियन पर्यटकको शनिबार शव फेला परेको थियो। प्रतिकुल मौषमको कारण शनिबार ल्याउन नसकिएपछि आइतबार आर्मीको हेलिकोप्टरबाट पोखरा ल्याएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको थियो। दुई कोरियन नागरिकको शव सोमबार काठमाण्डौ लगिएको छ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिलका-११ हिमालय र देउरालीको बिचमा पर्ने हिङ्कुखोलामा गएको पहिरोमा परि ४ कोरियन पर्यटक, ३ नेपाली सहित ७ जना हराएका थिए। त्यही क्षेत्रको हिमपहिरोमा हराएका नेपाली पर्यटक सहयोगी ५१ वर्षीय मेमबहादुर तामाङको शव बुधबार फेला परेको थियो। यस अघि नेपाली गाईड सरोज परियारको शव गत चैतमा फेला परेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.