खाद्यान्‍नको सट्टा पैसा वितरण

खाद्यान्‍नको सट्टा पैसा वितरण

मलंगवा : सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकाले विपन्न वर्गलाई राहतमा बाँडिने खाद्यान्नको ठाउँमा पैसा नै बाँडेको छ । चामल, दाल लगायतका खाद्यान्न सामाग्री बाहिरबाट ल्याउन समस्या भइरहेकोले पैसा नै बाँडेको हो । 

११ वटा वडा रहेको बलरामा सबै वडालाई नगरपालिकाले राहत वितरणका लागि ३ लाखको दरले पैसा नै छुट्याएको छ । वडा नं. ७, ९ र ११ मा खाद्यान्नको सट्टा पैसा बाँडिएको हो । अरु वडाहरुमा पनि पैसा नै बाँड्ने योजना रहेको नगरप्रमुख अभयकुमार सिंहले जानकारी दिए। 
'बजारको अभाव छ । ढुवानीमा पनि समस्या छ । नजिकमा बजार छैन् ।' नगरप्रमुख सिंहले भने, 'पारी भारतको बिहार राज्यको बसबिट्टा बजारबाट हामीहरुले खाद्यान्न किनेर ल्याउँथ्यो । बोर्डर सिल भएपछि खाद्यान्न ल्याउन समस्या भएको हो ।'

राहत खरिदमा अहिले ठाउँ ठाउँमा विवाद हुने गरेको छ । कमिसन खाएको भनेर विभिन्न स्थानिय तहका प्रमुखहरु आलोचित बनिरहेका छन् । गुणस्तरहीन खाध्य पदार्थ वितरण भएको ठाउँ ठाउँको समाचार आइरहेकाले यस्तो अवस्था सृजना नहोस् भनेर पनि पैसा बाँडेको नगरप्रमुख सिंहले जानकारी दिए। ‘पैसा बाँडेपछि भोली गएर मेयर र कर्मचारीले पैसा खायो भनेर गुनासो सुन्नु पर्दैन्’, नगरप्रमुख सिंहले भने, ‘फर्छौटको बेलामा मागिने भ्याट बिलको झमेलाबाट पनि छुटकारा हुन्छ ।’ 

प्रत्येक वडामा राहत वितरण समिति बनाइएको छ। उनीहरुले निर्णय गरेर पैसा नै बाँडेका छन् । वडा नं. ३ ले पैसाको सट्टा खाद्यान्न नै लिन्छु भनेकाले ६० क्वीन्टल चामल ल्याइएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.