बारामा भेटिएका कोरोना संक्रमित भारतको तबलिगी जमातमा सहभागी भएको खुलासा

बारामा भेटिएका कोरोना संक्रमित भारतको तबलिगी जमातमा सहभागी भएको खुलासा

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।  भारतको नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक मेलामा सहभागी भएर नेपाल फर्किएका उनीहरुको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । 

यद्यपी यसको आधिकारिक जानकारी भने स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमार्फत गराउने अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार स्वाब रिपोर्टमा कोरोना पोजिटिभको सम्भावना देखिएको र सचेत हुन जानकारी आएको छ । बैशाख १४ गते क्वारेन्टाइन अस्पतालको आइसोलेसनमा राखिएका उनीहरुको स्वाब त्यसैदिन वीरगन्जको कोभिड अस्पतालबाट काठमाडौं पठाइएको थियो । 

संक्रमण देखिनेमा सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरका ३१ वर्षीय र जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरका ४३ वर्षीय पुरुष छन् । उनीहरु फाल्गनु २९ (मार्च ११) मा नेपाल फर्किएका थिए । उनीहरुमध्ये सिम्रौनगढ घर भएका व्यक्तिलाई जीतपुरसिमरा उपमहानगरपालिकाको इनर्वासिरास्थित मस्जिद र अर्का व्यक्तिलाई जीतपुरस्थित घरबाट क्वारेन्टाइन अस्पतालमा ल्याइएको थियो । 

उनीहरु बैशाख १४ गते कोरोना संक्रमण देखिएका वीरगन्ज महानगरपालिका १६ ईनर्वाका ५५ वर्षीय पुरुषसँगै नेपाल फर्किएका थिए । वीरगन्जका ती व्यक्तिमा संक्रमण पुष्टि भएलगत्तै कन्टयाक्ट ट्रेसिङ गर्ने क्रममासँगै फर्किएको देखिएपछि उनीहरुलाई सोही दिन आइसोलेसनमा राखिएको थियो । 

कोरोना संक्रमण देखिएपछि उनीहरुलाई वीरगंजस्थित कोभिड अस्पताल पठाउने तयारी गरिएको छ भने उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी थालिएको छ ।   


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.